18 C
New York
Thursday, May 14, 2026

Buy now

spot_img
spot_img

गण्डक नहर डिलका पीडित व्यवसायीको पक्षमा रास्वपा प्रतापपुर सभापति बृजराज कुशवाहाको अग्रसरता

- Advertisement -

५० व्यवसायीद्वारा हस्ताक्षरित ज्ञापन पत्र सिंचाइ कार्यालयमा बुझाइयो

पप्पु रेग्मी, नवलपरासी । प्रतापपुर गाउँपालिका वडा नं. ५ हरपुर अन्तर्गत झुलनीपुर क्षेत्रमा गण्डक नहरको डिलमा वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएका पीडित साना व्यवसायीहरूको पक्षमा बृजराज कुशवाहा को नेतृत्वमा आज महत्वपूर्ण पहल गरिएको छ।

गण्डक नहर डिल क्षेत्रमा रहेका ५० जना पीडित व्यवसायीहरूले सामूहिक हस्ताक्षरसहितको ज्ञापन पत्र नेपाल गण्डक पश्चिम नहर सिंचाइ व्यवस्थापन कार्यालय सेमरीमा बुझाएका हुन्।

हालै कार्यालयले २०८३ वैशाख १५ गते टाँस गरेको सूचनामार्फत नहर डिल क्षेत्रको अवैध कब्जा हटाउने अभियान सञ्चालन गर्ने जनाएपछि वर्षौंदेखि साना व्यवसाय गर्दै आएका स्थानीयहरू त्रसित बनेका छन्। पसल हटाइएपछि आफ्नो रोजीरोटी समाप्त हुने, परिवार विस्थापित हुने तथा सयौं मजदुरको जनजीवन प्रभावित हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।

ज्ञापन पत्र बुझ्दै कार्यालयका निमित्त प्रमुख इन्जिनियर लोकेन्द्र सोडारी ले पीडित व्यवसायीहरूको माग सरकारसमक्ष पुर्‍याउने तथा समस्या सहजीकरणका लागि पहल गर्ने आश्वासन दिएका छन्।

पीडित पक्षले पेश गरेको ५ बुँदे मागमा व्यवसायीहरूको पुनःस्थापना, वैकल्पिक व्यवस्थापन, आवश्यक क्षेत्र मात्र खाली गराउने, सरोकारवालासँग छलफल गरेर निर्णय कार्यान्वयन गर्ने तथा तत्काल हटाउने कार्य स्थगित गर्नुपर्ने विषय समेटिएका छन्।

ज्ञापन पत्र बुझाउने क्रममा बोल्दै बृजराज कुशवाहा ले विकास निर्माणको नाममा गरिब, निमुखा र श्रमजीवी नागरिकमाथि अन्याय हुन नहुने बताएका छन्। उनले राज्यले विकाससँगै नागरिकको जीविकोपार्जन र मानवीय संवेदनशीलतालाई पनि समान रूपमा ध्यान दिनुपर्ने धारणा राखे।

उनले पीडित व्यवसायीहरूको जायज माग समाधान नभएसम्म आफू निरन्तर जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै संवाद र सहमतिमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरे।

स्थानीय स्तरमा जनताको समस्या बोकेर सरकारी निकायसम्म पुग्ने बृजराज कुशवाहा को सक्रिय भूमिकालाई उपस्थित व्यवसायी तथा स्थानीयवासीहरूले सकारात्मक रूपमा लिएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme