खेल क्षेत्रको विकासमा आफु सदैव लाग्नेः नेता कन्डेल

16

उमेश बि.क /सरावल , १४ असाेज

नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा ३० अाैँ गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियाेगिता अाज देखि सुरु भएको छ ।

हिमालय युवा क्लब सरावल गाउँपालिका वडा नं. ३ सरावल द्वारा शुभ बिजया दशमीकाे पुनित अवसरमा आयोजना गरिएकाे सो प्रतियोगिता नरेश कुमार फाैजदारकाे अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कँडेल(मुन्ना बाबु) काे प्रमुख आतिथ्यता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरी बिशिस्ट अातिथ्यतामा सञ्चालन भएकाे छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य कँडेलले खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र सरावल गाउँपालिका भित्र छिटै स्टेडियम निर्माणका लागि पहल गर्ने उँहाले आश्वासन दिनुभयो ।

त्यस्तै कार्यक्रमकाे बिशिस्ट अतिथिको रुपमा रहनुभएका चाैधरीले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो ।

कार्यक्रममा सरावल गाउँपालिका उपप्रमुख उतमा राय, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अनिल कुमार गाैड,शिक्षक युनियन पुर्व अध्यक्ष माेहन शर्मा ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुशाेत्तम सुवेदी,उद्योग बाणिज्य संघका सदस्य उमेश चन्द्र उपाध्याय,वडा न. ३ वडा अध्यक्ष अणेन्द्र राय , ट्रेड युनियन काङ्ग्रेसरुपन्देही बरिस्ठ उपाध्यक्ष अाेम प्रकाश चाैधरी,समाजसेवी सुखाडी प्रसाद चाैधरी,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पाण्डे ,भाेजपुरि पत्रकार हकहित संरक्षण संस्था नवलपरासी अध्यक्ष उमेश बि.क, हिमालय यवा क्लब सदस्य राजु सिंह लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।

साे खेलकुद प्रतियाेगितामा नवलपरासीका ३२ वटा फुटवल समुहको सहभागिता रहेकाे छ । अाज गैडहा र सरावल बिच भएको खेलमा ० काे बिरुद्ध ३ गाेलले सरावल बिजय भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, मेडल, प्रमाणपत्र तथा द्वितिय हुनेलाई – रु २५ हजार, मेडल, प्रमाणपत्र सहित अन्य पुरस्कार राखिएको छ ।