खुल्ला पुरुष कबड्डी प्रतियाेगिता

26

उमेश वि.क / सरावल ,६ असाेज

नवलपरासीको सरावल गाउँपालिका ५ दुबाैलियामा खुल्ला पुरुष कबड्डी प्रतियोगिता अाज देखि सुरु भएको छ ।

सिर्जनसिल युवा क्लब सरावल गाउँपालिका वडा नं.५ दुबाैलिया द्वारा आयोजना गरिएकाे सो प्रतियोगिता दिलिप यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपप्रमुख उतमा रायकाे प्रमुख आतिथ्यतामा सञ्चालन भएकाे छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सरावल गाउँपालिक उपप्रमुख रायले खेल र खेलाडीले यो देशको शिर उचो राखेको प्रति सम्मान ब्यक्त गर्दै खेलकुद क्षेत्रको विकासमा सरावल गाउँपालिका थप सशक्त रुपमा लाग्नुपर्ने र विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अनिल कुमार गाैड,सरावल गाउँ पालिका वडा न. ५ वडा सदस्य सुधव सहानि ,सिद्धार्थ मा.बि प्र.अ सुखाडि प्रसाद चाैधरी, जनता मा.बि बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दृग नरायण लाेनिया,शिक्षक रुदल प्रसाद हरिजन,समाजसेवी जाेखु गाैड ,जनमजय यादव,लक्षमण चाैधरी, बालमुकुन्द चाैधरी ,सिर्जनसिल युवा क्लब सचिव सन्जिव कुमार गाैड लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।

साे खेलकुद प्रतियाेगितामा नवलपरासीका ३० वटा खुल्ला पुरुष कबड्डी समुहको सहभागिता रहेकाे छ । अाज सिर्जनसिल युवा क्लब दुबाैलिया र सिद्धार्थ मा.बि गाेबरहिया बिच भएको खेलमा सिद्धार्थ मा.बि गाेबरहिया बिजय भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ कि.लाे.खसि,कप,मेडल द्धितिय हुनेलाई १२ कि.लाे.खसि,कप,मेडल र तृतीय हुनेलाई १० कि.लाे.कुखुरा ,कप,मेडल पुरस्कार राखिएको छ ।