उमेश वि.क / सरावल ,८ असाेज
नवलपरासीको बर्दघाट नगरपालिकामा ११ भुतहामा अाज बर्दघाट नगर स्तरीय नेपाल बिद्यार्थी संघ गठन गरिएको छ ।
शैक्षीक क्षेत्रको परीवर्तन र बिकाशको लागि बिद्यार्थीहरुले बर्दघाट नगरपालिका स्तरीय नेपाल बिद्यार्थी संघ गठन गरेका छन् । बर्दघाट नगर स्तरिय बिद्यार्थीहरूको भेलाले ने.बि.संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिम अध्यक्ष राजन भण्डारीकाे अध्यक्षता तथा नेपाली कांग्रेस बर्दघाट नगरपालिका सभापति सम्भुलाल श्रेष्ठकाे प्रमुख अातिथ्यतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा बिष्णु अर्याल उपाध्यक्षमा सुमन राना , नवीन न्याैपाने , सचिवमा रबिन कुवर मगर सहसचिवमा संजय क्षेष्ठ,नवीन न्याैपाने कोषाध्यक्षमा साेना पटेल रहेकी िछन् । समितिको सदस्यहरुमा अस्मिता कार्की,शर्मिला क्षेत्री ,साजन देवकोटा लगाएत रहेका छन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेस बर्दघाट नगरपालिका सभापति श्रेष्ठले मुलुकको सबैभन्दा ठुलो तथा पुरानो पार्टी मानिएको नेपाली काङग्रेश को सबै भन्दा बलियो भातृ संगठन का रुपमा नेपाल बिद्यार्थी संघ लाइ लिइन्छ ।
बि सं २०२७ साल बैसाख ६ गते नेपालि काङ्गे्रसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई द्धारा उद्घाटन गरि ने.बि.संघको स्थापना भएकोहो । तत्कालिन अवस्थामा राजनैतिक परिवर्तन को साझेदारीको रुपमा लिइएको यस संगठनको मुल मर्म भनेको राजनैतिक परीवर्तनका अलवा शैक्षीक क्षेत्रको परीवर्तन र बिकाशको लागि निरन्तर पहल गर्नु हो ।
ने.बि.संघ आफैमा स्वयत्त संगठन हो । यसको आफ्नो छुट्टै बिधान, निती तथा कार्यक्रम छन । राष्टियता,लोकतन्त्र, समाजवाद र बिद्यार्थी एकतालाइ आदर्श मान्दै त्यसैलाइ आत्मसात गदै शैक्षिक क्षेत्रको समयानुकुल परीवर्तन र बिकाश गदै जानु ने.बि.संघको नियमित कार्य मानिन्छ ।
वर्तमान नेपाली सामाजको सामाजीक मनोविज्ञान लाइबुझ्दै, संगठनको बिधान बमोजीम रचनात्मक प्रकृया अपनाउनु पर्ने देखिन्छ । शैक्षिक,सामाजीक, राजनैतीक तथा आर्थीक बिषयहरुमा बहसको थालनीगर्न जरुरीछ । भन्दै नवगठित कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।