क्यानल सेन्टर मा बि महलबारीले गर्‍यो सस्कृती तथा प्रतिभा प्रदर्शन कार्यक्रम

13
श्याम थापा
सुस्ता ३ फाल्गुन

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ महलबारीमा रहेको क्यानल सेन्टर माध्यमिक विद्यालयले सस्कृती तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुको बौद्धिक,मानसिक र कला सस्कृतिक लगायतका विभिन्न प्रतिभाको बिकास गर्ने उद्देश्यले क्यानल सेन्टर माध्यमिक महलबारीको आयोजनामा भएको सस्कृती तथा प्रतिभा प्रदर्शन कार्यक्रममा क्यानल सेन्टर माध्यमिक विद्यालयका नरसरी देखी कक्षा १० सम्मका विद्यार्थीहरुले आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
कार्यक्रममा क्यानल सेन्टर आवासीय माध्यमिक विद्यालय महलबारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिरलाल अधिकारीको अध्यक्षयता र सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख अतिथ्यता रहेको थियोे । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभै ब्यवाहारिक ज्ञानको पनि बिकास गराउनु पर्ने र आफ्नो कला सास्कृतीक र प्रतिभाहरुको पनि उजागर गर्दै जानू पर्ने भएको कारणले आफ्नो विद्यालयले समय समयमा सस्कृती तथा प्रतिभा प्रदर्शन कार्यक्रम गरिरहेको क्यानल सेन्टर माध्यमिक विद्यालय सुस्ता २ महलबारीका प्र अ सागर मणि पाण्डेले बताउनु भयो । कार्यक्रममा भाग लिएका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।