साउदीमा ६ जना नेपाली कामदार अलपत्र, दुतावासले पनि वास्ता गरेन

26

वृजराज कुशवाहा, नवलपरासी, ३ फाल्गुन

वैदेशिक राेजगारीका लागि साउदी अरब पुगेका ६ जना नेपाली कामदारहरू विगत १० महिनादेखि एक कम्पनीमा अलपत्र परेका छन् । सउदीमा फसेका ती नेपालीहरूले पहल गरिदिनका लागि अाग्रह गर्दा साउदी स्थित नेपाली दुतावासले समेत वास्ता नगरेकाे बताएका छन् ।

सउदी स्थित नेपाली दुतावासले समेत वास्ता नगरेका कारण अाफुहरूलाइ उद्धार गरि दिनहुन नेपाली संघसंस्थाहरूलाइ गुहार लगाएकाे एक कामदार महम्मद हसनले अनलाइन जनतालाइ फाेन गरि उद्धारका लागि सहयाेग गरिदिन अपिल गरेका छन् ।

सउदि अरब स्थित रियाद सिटिमा रहेकाे दिराम कैम्पकाे अल्ज्वानुर एक्सप्रेस नामक कम्पनीमा विगत २ वर्षदेखि काम गर्दै अाएका ६ जना नेपालीहरूलाइ विगत १० महिनादेखि तलब सुविधा केही नदिदा बेखर्ची हुनु परेकाे छ । कम्पनी बन्द भएकाे अवस्थामा तलब सुविधा दिइ नेपाल फिर्ता समेत नपठाइ कम्पनीले अलपत्र पारेकाे छ ।

कम्पनीमा ६ सय भन्दा बढी कामदार भारतीय रहेकाे र ती भारतीय कामदारलाइ भारत सरकारकाे विदेश मन्त्रालयका सचिव स्वयम पुगेर भारतीय कामदारलाइ भारत फिर्ता ल्याउने काम भइरहेकाे छ । भारतले प्रत्यक्ष रूपमा कामदार उद्धार गर्न लागेपछि कम्पनीले नेपाली कामदारलाइ पासपार्ट र भिसा हातमा फिर्ता दिएकाे छ । अाफै तवरले फिर्ता जाउ भनेपनि कुनै तलब सुविधा वा फिर्ती हवाइटिकटकाे समेत कुनै प्रबन्ध गरेकाे छैन ।

नेपालका ६ जान कामदारमा पश्चिमी नवलपरासीकाे प्रतापपुर गाउंपालिका वडा नं. ६ घर भएका ४० वर्षे अाेम प्रकाश काेइरी विगत ८ महिनादेखि तलब नपाइ अलपत्र परेका छन् । त्यस्तै, धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. २६ लाेहनाका ४६ वर्षे महम्मद हसन, त्यहींका ४८ वर्षे अालम शेष, महाेत्तरी जिल्ला लाेहरपट्टी गाउंका ५१ वर्षे देवीचन्द दास तथा त्यहीं घर भएका ५३ वर्षे शिव मण्डल धानुक र बांके जिल्ला राप्ती सुनारी गाउंपालिका वडा नं. १ ४६ वर्षे केशर खत्री अलपत्र परेका हुन् ।

सउदीमा अलपत्र परेका ती ६ जना सबै बेखर्ची भएकाे अवस्था छ । खाना,खाजाकाे कुनै प्रबन्ध छैन । नेपालमा अाफन्तलाइ फाेन गर्नका लागि माेबाइलमा समेत रिचार्ज नभएकाेले सञ्चारकाे समेत समस्या भएकाे बताएका छन् । कपडा धुन र नुहाउनका लागि साबुन र सर्फ नभएका कारण कपडा समेत नधाेइ बस्नुपरेकाे जनाएका छन् ।

पैराडाइज नाम गरेकाे मेनपावर मार्फत सउदि पुगेका उनीहरू मेनपावरलाइ समेत गुहार्दा मेनपावर समेतले बेवास्ता गरेकाेले अाफुहरूलाइ कुनै पनि तवरले उद्धारका लागि नेपालकाे नवलपरासी स्थित सामी संस्थालाइ अनुराेध गरेका छन् ।

स्थानीयकाे परामर्शमा सउदि स्थित नेपाली दुतावासलाइ पहल गरिदिन माग गरिरहदा पनि सुनवाइ नभएकाे बताएका छन् । नेपालीले दुतावासकाे ००९६६११६१११०१ मा फाेन गर्दा एक जना महिलाले फाेन रिसिभ गरेपनि हुन्छ हुन्छ भन्नु बाहेक केही गरेका छैनन् ।