कोभिड-१९ सम्बन्धि जनचेतना मुलक कार्यक्रम

13

नवलपरासी, ८ भदाै

कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔँ भन्ने नारा लिएर काेराेना संक्रमणबाट सजग गराउने अभियान थालिएकाे छ ।

जिल्लाकाे सुस्ता गाउंपालिका वडा नं. ४ नरसहीमा काेराेना संक्रमण बढेकाले पुरै वडा क्षेत्र सिल गरिएपछि काेराेनाबाट बच्ने उपाय सिकाउन एस्ट्रोम फाण्डेशन नेपाल, एबीसी नेपालको सहयोग तथा सुस्ता गाउपालिकाको समन्वयमा सो कार्यक्रम सुरु भएको हो ।

अभियान अन्तर्गत साबुन पानीले मिचिमिचि हात धोऔँ, घर बाहिर जादा नियमित मास्कको प्रयोग गरौँ, सर्दी जुखाम लागेमा तथा स्वास्थ्यमा कुनै समस्या देखिए तुरुन्त अस्पतालमा जाऔँ, घरपालुवा र जंगली जनावरको पहुचबाट टाढा बसौँ, समान्य स्वास्थ्यमा समस्या देखिए पनि त्यस्ता ब्यक्तिको सम्पर्कमा नबसौँ भन्ने सचेतना दिन थािलएकाे हाे ।

मासु अण्डा खानु परे राम्ररी पखाली पकाएर खाऔँ लगाएत जनचेतनामुक भोेजपुरी भाषामा लेखिएका ब्यानर र साउण्ड रेर्कड सहित सुस्ताको ग्रामिण भेकमा जनचेतना फैलाउने काम भइरहेको आयोजकले जनाएको छ ।

पछिल्लो समयमा कोरोना भाइरसको माहमारी समुदाय स्तरमा फैलिरहेको समाचार सम्प्रेषण भइरहदा सुस्ता गाउपालिकामा जनचेतनामुलक ब्यानर र सन्देशमुलक सुचनाबाट सचेत गराउने काम गरिएकाे छ ।