के हाे शाश्वतधाम ? महात्म्य के हाे यसकाे ?

52

नवलपरासी । शास्वत धाम वा सिजी मन्दिर नवलपुर जिल्लाको देवचुली नगरपालिकामा पर्ने दुम्कौलिमा अवस्थित रहेको छ। यो मन्दिर नवलपरासी जिल्लाकै एक प्रमुख मन्दिर हो। यस मन्दिर देवचुली नगरपालिकामा रहेको चौधरी उघोग ग्रामसँगै रहेको छ। पछिल्लो केही वर्षदेखि शास्वत धाम नवलपुर आउने हरेकको गन्तव्यको स्थल बन्ने गरेको छ। सिजी मन्दिर भनेर चिनीए पनि बास्तवमा सो मन्दिर श्री काञ्ची शङ्करा सदाशिव लिङ्गम्को नामले स्थापना गरिएको हो। यसको निर्माता चौधरी ग्रुप हो।

यस मन्दिरमा विशेषत बेलुकाको समयमा हेर्दा आनन्द र मन्दिरको सुन्दरता देख्न सकिन्छ। विभिन्न रङ्गका बत्तिले मन्दिरलाई थप आकर्षक बनाउने गर्दछ। यस मन्दिरमा एक स्थान हेर्दा फरक रङ्ग अर्को स्थानबाट हेदा अर्कै रङ्ग देखिने गर्दछ।

मन्दिरका बारेमा

पूर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फ रहेको यस मन्दिरमा विशेष गरेर पुरातात्वीक धार्मिक कुराहरू डिजिटल लाइब्रेरि रहेको छ। मन्दिरका वरिपरी ताल र बिचमा मन्दिर भएकाले पनि मन्दिरलाई थप आकर्षित बनाएको छ। यो मन्दिर निकट भविष्यमानै विश्वभरका सनातन धर्म मान्नेहरूका लागि प्रख्यात तिर्थस्थलमा परिणत हुने देखिन्छ । मन्दिर वरीपरी मनमोहक वाटर फाउन्टेन रहेको यस मन्दिरलाई थप आकर्शीत बनाएको छ।

नेपालको मध्य भागमा रहेको मन्दिर पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण दर्शनार्थीहरूका लागि आकर्षणको केन्द्रका रूपमा स्थापित भएको छ। मन्दिर परिसरमा डिजिटल धार्मिक लाइब्रेरी र धार्मिक सूचना केन्द्रको व्यवस्था रहेको छ। यहीबाट देशभरका मठ मन्दिर, शक्ती पिठ र धर्महरूको जानकारी लिन सकिने व्यवस्था रहेको छ।

गुरूकुल विद्याश्रम

यो मन्दिर करिब चार विगाहा क्षेत्रफलमा फैलिएको छ र यो मन्दिर केवल अवलोकन गर्नका लागि मात्र नभइ गुरुकुलको लागि समेत मध्यनजर गरी यो मन्दिरमा विद्याश्रम समेत स्थापना गरिएको छ। यहाँ कक्षा ६ मा भर्ना लिएर संस्कृतका साथसाथै नेपाल सरकारद्वारा निर्धारित पाठयक्रमको पनि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। गुरुकुलमा आवासिय शिक्षाको व्यवस्था मिलाइएको छ। विद्यार्थीको खाने, बस्ने र लगाउने सम्पूर्ण खर्च चौधरी समूहले नै बेहोर्ने छ।

शाश्वत धाम नवलपुरको गौरव हो, यो राष्ट्रको गौरव हो । सन् २०१८ मा नेपाल सरकार, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धामलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा मान्यता दिएको थियो। स्थापना भएको केही वर्षमै शास्वत धामले १० नोभेम्बर २०१९ मा ३० लाख पर्यटकलाई स्वागत गरेको थियो।

हामी भित्र सँधै एउटा मञ्च सिर्जना गर्ने आह्वान थियो जहाँ प्राचीन ज्ञान र सन्तान धर्मको वैदिक अनुष्ठान मार्फत आन्तरिक शान्तिको अनुभव गर्न सकिन्छ। र हाम्रो दर्शनलाई परमपूज्य श्री जयेन्द्र सरस्वती शंकराचार्य जीले दुई दशकअघि आशीर्वाद दिनुभएको थियो। नेपाल भ्रमणको क्रममा उहाँले हामीलाई पूजास्थल मात्र नभई एक आदर्श ब्राह्मणको लागि तोकिएको वैदिक ज्ञान, अभ्यास र जीवन शैलीसँग राम्ररी जान्ने कर्मकाण्डी पण्डितहरूको अत्यावश्यकता देखाउनुभयो। तसर्थ, सनातन धर्मको आध्यात्मिक तथा धार्मिक मूल्यमान्यताको संरक्षण र संरक्षण गर्ने सच्चा पंडितहरूलाई उद्धार गर्ने गुरुकुलसँगै शाश्वत धामको परिकल्पना सन् १९९७ सालमा गरिएको थियो।

शाश्वतधाम हाम्रो समयका शंकराचार्य जी र गुरु देव श्री श्री रविशंकर जी दुबै उल्लेखनीय प्रतिष्ठित व्यक्तित्वहरूबाट सिक्ने हाम्रो प्रेरणाको प्रतिबिम्ब हो। यो दर्शन 7 मार्च 2016 मा नेपालकी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरको औपचारिक उद्घाटन गरेपछि साकार भयो। श्री श्री रविशंकरले मन्दिरको शुभ प्राणप्रतिष्ठापन सञ्चालन गरेका थिए। हाम्रो जीवनमा धर्मको महत्वबारे गहिरो कुराकानी गर्ने सर्वधर्म सभाको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका थिए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले  ‘शाश्वतधाम सबैको हो, नेपालको गौरव हो’, चौधरीले भने, ‘शाश्वतधाम निर्माणमा समय र रकम धेरै नै लगानी भए पनि यसको मूल्य निर्धारण हुन सक्दैन । हामीले खर्चको रेकर्ड राखेका पनि छैनौँ ।’

शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुने चौधरी ग्रुपका अध्यक्ष तथा शाश्वतधाम संस्थापक विनोद चौधरी बताउँछन् । ‘पूर्वीय सनातन धर्मप्रति आस्थावान सबैको भावनाको कदर स्वरूप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक ऊर्जा प्राप्त गर्नेछन्’, संस्थापक चौधरी भन्छन्, ‘यहाँ मानिसले शान्तिपूर्ण तथा ऊर्जायुक्त वातावरणमा मानसिक शान्ति र आत्मीय आनन्दको अनुभव गर्न सक्नेछन् ।’ सनातन कालदेखि सम्पदाको रूपमा रही आएको आध्यात्मिक ज्ञानको गंगामा डुबुल्की मार्न चाहनेका लागि शाश्वतधाम एक उत्कृष्ट गन्तव्य बन्ने उनको विश्वास छ। शाश्वतधाम निर्माणमा १४ वर्ष समय लागेको जानकारी दिए ।

यसै शाश्वतधाममा भदाै २ गतेदेखि ४ गतेसम्म हनुमन्त कथावाचन कार्यक्रमकाे तयारी भव्य रूपमा अगाडि बढेकाे शाश्वतधाम स्थित कार्यक्रम संयाेजक रामचन्द्र धितालले अनलाइनजनतालाइ बताए । उनले भने आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) काे कथावाचन कार्यक्रम भदाै २ गते २ बजेदेखि शुरू हुने छ । यसका लागि कार्यक्रम स्थल शाश्वतधाममा ११ हजार भक्तजन अट्ने विशाल सभागृहका साथै थप पण्डालकाे व्यवस्था गरिएकाे बताए ।