श्याम थापा
सुस्ता १५ पुष
दिगो कृषि बिकास र साना किसानहरुको जिविकोपार्जन सुधारका लागि अन्तर संवाद कार्यक्रम प्रतापपुर गाउँपालिका गोपिगन्जमा सम्पन्न भएको छ ।
इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका ९ भुताहाको आयोजनामा र एक्सन एड नेपालको सहयोगमा भएको अन्तर संवाद कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका अगुवा कृषकहरुको सहभागिता रहेको थियोे । भने प्रमुख बक्ताको रूपमा बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल, प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा, सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे र बर्दघाट नगरपालिकाका कृषि प्रसार अधिकृत अब्दुल जलिल खा रहनु भएको थियो । अन्तर संवाद कार्यक्रममा कृषकहरुले स्थानीय तह भएपछि स्थानीय तहमा सम्पुर्ण कार्यालयहरुको ब्यवस्थापन नभएको कारणले सेवा लिन जादा अन्योलमा परेको र गाउँपालिका र नगरपालिकाले कृषि क्षेत्रमा बजेटहरु कन्जुस्याइँ रूपमा बजेट बिनियोजित गरिएको कृषकहरुको गुनासो रहेको थियो । साथै कृषकहरुले आफुहरुले पाउने सेवाहरु नपाएको र सेवाहरु पनि सुस्त गस्तीमा किसानहरुका पुगेकोले कृषकहरुको कृषि क्षेत्र बाट मनोबल खस्किदै गएको कृषकहरुको भनाइ रहेको थियोे । साथै नेपाल भारतको खुल्ला सिमानाको कारणले गर्दा आफुहरुले उत्पादन गरेको बालीले उचित मुल्य पाउन नसकेको र बजारमा पनि प्रतिस्पर्धा गर्न नसकेको कारणले किसानहरु थप मर्कामा परेको किसानहरुको भनाइ रहेकोे थियो ।
स्थानीय तहमा कृषि नीति कार्यक्रम कसरी तयार गर्ने र कसरी लागू गर्ने र कृषकहरुलाई कसरी कृषि क्षेत्रमा टिकाई राख्ने भनेर नगरपालिका र गाउँपालिकाले कृषि निति कार्यक्रम लागू गर्ने प्रमुख बक्ताहरुको भनाई रहेको थियो । कृषि संवाद कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका गरि ७० जना कृषकहरुको सहभागिता रहेकोे थियोे । भने कृषि संवाद कार्यक्रमको सहजीकरण इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले गर्नु भएको थियो ।