उमेश बि.क / नवलपरासी, १९ चैत
विश्वमा कोरोना भाइरसले महामारी फैलाइरहेको अबस्थामा विश्वका हजारौ किशोर किशोरीहरु घरबाट निस्कन सकेका छैनन् l
यतिबेला विश्वका हजारौ किशोर किशोरीहरु facebook, mobile र game खेल्न्मा व्यस्त छन् तर नवलपरासी जिल्ला पाल्हिनन्दन गाउँपालिकाका किशोर किशोरीहरु कोरोना भाइरसबाट बच्ने उपायहरुबारे स्थानीयहरुको घर घरमा पुगी सचेत गर्ने कार्य गरिरहेका छन् l उनिहरुले यो कार्य गर्नका लागि दुई दुई जनाको समूह बनाएका छन् ।
दुई दुई जनाको मात्र किन समूह बनाएको ? भन्दा हामीलाई गाउपालिकाबाट धेरै भिडभाड नगर्नु, होहल्ला नगर्नु यसबाट कोरोना भाइरस सर्नसक्छ भन्नु भएकोले सानो सानो समूह बनाएर काम गरिरहेको पल्हिनन्दन गाउँपालिकाका किशोरी बन्दना चौधरी भन्छिन l
उनीहरु आफ्नो छिमेकीहरुको घर घरमा पुग्छन र घरका अभिभाबक, बालबालिकाहरुलाई हात धुने तरिका लगायत हात धुदा २० सेकेन्ड सम्म साबुन पानीले हात धुने, हात नधोई आफ्नो अनुहार नछुने, अस्वस्थ मानिसको नजिक नजाने, भिडभाडमा नजाने, हाच्छिउ गर्दा रुमालको प्रयोग गर्ने, रुमाल छैन भने बाहुला प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने, जस्ता कुराहरु सिकाउ छन् l
देशमा लक् डाउनको अवस्था छ l मान्छेहरु घरबाट बाहिर निस्कन डराई रहेका छन् तर नवलपरासीका किशोरीहरु हिम्मत गरेर राज्य प्रति गर्नुपर्ने दायित्व बहन गरिरेहका छन् l उनीहरुले गरिरहेका कार्यहरुको प्रसंसा गर्दै पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष अध्यक्ष बैजु प्रसाद गुप्ताको भनाइमा Stromme Foundation नेपालको आर्थिक सहयोगमा गाउपालिका र ए.बि. सी. नेपालद्वारा संचालित सम्बादकार्यक्रमको प्रभाबले किशोर किशोरीहरूमा देशका लागि केहि गर्नुपर्छ भाबनाको बिकास भैरहेको र समुदायमा हुने जनचेतनामूलक काममा उनीहरुले हातेमालो गरिरहेको कुरा ब्यक्त गर्नुहुन्छ l