कर्मचारीको सम्मानमा आँच आऊन दिन्न: मन्त्री त्रिपाठी

12

सहबान अन्सारी

संघिय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रदेश र स्थानिय तहमा कर्मचारी समायोजन सहि ढङ्गले नभएको हुदाँ कर्मचारीहरुको मनोबलमा आँच आएको छ ।

पहिलो जिम्मेवारी कर्मचारीहरुको उच्च सम्मान दिने तर जनताको करबाट राज्य चल्छ यसकारण कर्मचारीहरुले पनि जनताको सम्मान गर्नु पर्ने आवश्यकता बताऊनु भयो । नेपालमा संघियता नयाँ प्रयोग र कार्यशैली रहेको हुदाँ हरेक ठाँऊमा कर्मचारीहरुको अभाव भएको बताऊनु भयो।

गृह जिल्ला आऊनु भएका मन्त्रि त्रिपाठीले नवलपरासीको बिभिन्न स्थानमा आयोजीत स्वागत कार्यक्रममा बोल्दै यस्तो कुरा बताऊनु भयो । साथै आर्थिक अनुशासन नहुदाँ जनताको विकाशमा कटौती भईरहेको हुदाँ यसलाई समाप्त गर्न चुनौती रहेको छ।

स्थानिय तहहरुमा बजेटको सदुपयोग र दुरुपयोग अनुसार अनुदानको ब्यवस्था गरिने मन्त्रि त्रिपाठीले बताऊनु भयो। मन्त्री नियुक्त भए पश्चात पहिलाे पटक आऊनु भएका त्रिपाठीलाई जिल्लाको बर्दघाट, छिबनी, गोपीगंज, कुडिया, बेलाटारी लगायतका ठाँऊहरुमा नेता कार्यकर्ता तथा शुभेच्छुकहरु द्वारा स्वागत गरिएको थियो।