उमेश बि.क /नवलपरासी, ११ चैत
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा पुर्ब गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले आफनो एक महिनाको तलब नेपाल सरकारद्धारा कोरोना भाइरस विरुद्ध लडन गठित केन्द्रीय राहत कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।
त्रसित नबनौ, सतर्कता अपनाऔ, आफू पनि बाचौ र अरुलाई पनि बचाऔ भन्दै सांसद कंडेलले कोरोना भाइरस विरुद्ध लडन सबै एकजुट हुनु पर्ने बताउदै सबैले आ-आफनो ठाउबाट सकेको सहयोग तथा घरभित्र सतर्कता पुर्बक रहनु र नेपाल सरकारकाे नियम पालना गर्नुपर्ने अाग्रह गर्नु भएको छ।
अाफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै काेराेनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर रहन कण्डेलले अाग्रह गर्नुभएको छ। विश्वभर महामारीको रुपमा फैलीरहेको Covid-19अर्थात Corona(कोरोना) virus को प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा हाल नेपालपनि उच्च जोखिमको सुचिमा रहेकोले काेराेनाबाट बच्ने उत्तम उपाय भनेको सामाजिक दुरी रहेको सांसद कण्डेलले बताउनुभयो ।
काेराेनाकाे प्रभाव नियन्त्रण र जोखिम बाट वच्न विश्व भरिका मुलुक तथा नेपाल सरकारले समेत उच्च सतर्कता अपनाइ रहेको अवस्था रहेकोमा आम जनसमुदाय,सरोकारवाला पक्ष तथा सम्पुर्णमा WHO तथा नेपाल सरकारबाट जारी सुचना तथा नियमलाई पुर्णरुपमा पालना गर्नुहुन अनुरोध समेत गर्न गर्नुभएको छ।
चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरिएकोमा यसलाई पालना गर्न समेत अनुराेध गर्नुभएको छ । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलाे धन भएको हुनाले अाफ्नाे स्वास्थ्य प्रती सबैले ख्याल राखेर सरकारले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइकाे लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत अाग्रह गर्नुभएको हाे।
नेपाली काङ्ग्रेसकाे केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले सपरिवार सहित केही दिनको निजी भारत भ्रमण पश्चात् स्वदेश फर्किएकाे र काेराेना भाइरस प्रतिको जोखिमलाई उच्च सतर्कता अपनाउदै सपरिवार निजी निवास महेशपुर नवलपरासी मै चैत १० गते बाट १४ दिन सेल्फ क्वारेन्टाइनमा रहनुहुने जानकारी गराउदै उक्त अवधी भर अत्यावश्यक अवस्था बाहेक नियमित भेटघाट, पुर्व निर्धारित कार्यक्रमहरु लगायतका कार्य हाल (फोन सम्पर्क बाहेक) स्थगित रहेको स्वकीय सचिव कमल किशाेर रायमाझीले जानकारी गराउनु भएकाे छ।