काठमाडौं ।
बझाङ, जयपृथ्वी नगरपालिका-४ गोलाई स्थित सेती नदीको बीच भागको खाली बगरमा सोही नगरपालिका-१० बस्ने ४५ वर्षीय रमेश बादी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, वीरगंज महानगरपालिका-१० अशोक बाटिका टोल बस्ने ७० वर्षीय प्रभु साह कानु आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोट, सूर्यगढी गाउँपालिका-५ आमभन्ज्याङ स्थित बाटोमा सोही गाउँपालिका-४ छेटन बस्ने ६५ वर्षीय यज्ञ बहादुर पौडेल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, गुलरिया नगरपालिका-२ बैरियाघाटस्थित बबई नदीको बीच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।