15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

महेन्द्र राजमार्गकाे निर्माण सम्पन्न गर्न १९ दिन बाकी, काम अधुरै ….

- Advertisement -

नवलपरासी । बुटवल–नारायणघाट सडक विस्तारको जिम्मा लिएकाे चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङको ढिलाइका कारण सडक निर्माणकाे काम समयमा पुरा नहुने भएकाे छ ।

समयमै काम सम्पन्न गर्नका लागि विभिन्न चेतावनीका बावजुद ठेकेदारले अन्तिम पटक पाएकाे समयावधि साउन ८ गते सकिदै छ । याे समय सकिन अब मात्र १९ दिन बाकी रहेकाे छ । तर निर्माणकाे काम अधुराे छ ।

कम्पनीले केही दिन मात्र अगावै रकम अभावकाे कारण निर्माण कार्य अगाडि बढाउन नसकेकाे कुरा सार्वजनिक गरेकाे थियाे । ठेक्का पाएदेखि काममा ढिलासुस्ती देखाउदै अाएकाे ठेकदार कम्पनीले रकम अभावकाे कुराे बाहिर ल्याएपछि स्थानीय चिन्तामा परेका छन् ।

चिनियाँ कम्पनीले नेपालमा बुटवल नारायणगढ जस्तै अन्य पनि निर्माण ठेक्का लिएकाे छ । सडक जस्ता धेरै आयोजना चीनका सरकारी निर्माण कम्पनीले विभिन्न स्वार्थका कारण ढिलाइमा परेका छन् ।

विश्लेषकहरू अहिले ढिलाइ हुनुको पछाडि चिनियाँ कम्पनीको रणनीतिक स्वार्थ रहेको धारणा राख्छन्। हालै नेपालमा रोकिएका आयोजनाहरूले चिनियाँ ठेकेदारहरूले आयोजनाको ठेक्का लिने ढाँचा साझा गरे पनि समयसीमा पूरा गर्न नसक्दा लागत बढ्दै गएको छ ।

चीनबाट ऋण र अनुदानमा सञ्चालित आयोजनाहरूले पनि नेपाल र जनताका लागि फलदायी नतिजा ल्याउन सकेको छैन। चिनियाँ ठेकेदारहरूले विभिन्न बहाना र समस्याहरू प्रयोग गरी नेपालमा महत्वपूर्ण आयोजनाहरू ठप्प पार्दै राष्ट्र र जनतालाई घाटा र पीडा बेहोरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल जस्ता सम्पन्न आयोजनाहरू, साथै जारी निर्माणहरू ढिलाइका कारण प्रभावित छन्, जसका कारण ठूलो समस्या परेको छ।

जनमानसमा आशंका किन?

बुटवल नारायणगढ सडक विस्तारकाे काम सम्पन्न हुन नसकिरहेकाे अवस्थामा रूपन्देही स्थित महेन्द्र राजमार्गकाे बुटवल गाेरूसिंगे सडक विस्तारकाे नयाँ ठेक्का पनि चिनियाँ कम्पनीले पाएपछि स्थानीय त्रसित बनेका छन् ।  

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme