उमेश बि.क / नवलपरासी, २९ मंसिर
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ फटकिटाेलमा अति बिपन्न परिवारलाई निःशुल्क तरकारीकाे बीउ बितरण कार्यक्रम अाज सम्पन्न भएको छ।
बिकल्पद्वारा सन्चालित तराई बाढी पुर्नलाभ कार्यक्रमकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा अति बिपन्न परिवारलाई बीउ बितरण गरिएको हाे।
गत साउन महिनामा गएको ठुलो बाढीबाट भएको क्षतिमा त्यहाँका ब्यक्तिहरुले निकै सास्ती भाेगेकाेले युनाइटेड मिसन टु नेपालकाे सहयोगमा बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रमबाट त्यहाका ब्यक्तिहरुकाे जिवनस्तर उकास्न र अात्मनिर्भर बनाउनकाे लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै अाइरहेकाे छ।
तरकारीकाे बीउ बितरण खासगरी लक्षित समुदाय जस्तै बाढी प्रकोपबाट प्रभावित घरदुरी,आर्थीक अवस्था कमजोर भएका,गाँस, बास र कपासको समेत समस्या रहेको अति बिपन्न बस्तीमा ब्यवसायमुखि र अाय अार्जन तथा अात्मनिर्भर कार्यमा टेवा पुग्ने उद्देश्यले विभिन्न जातका तरकारीका बीउ वितरण गरिएको हाे।
प्रतापपुर गाउँपालिका वडा नं. ८ बालुवाटाेल र फटकिटाेलका ४८ जनालाई लाैका,घिरमला,फर्सी,भिन्डि र करेलाकाे बीउ वितरण गरिएको हो ।
यस्तै बालुवाटाेल र फटकिटाेलका १९३ किसानलाई बगर खेतिलाई प्राेत्साहन गर्ने उद्देश्यले परवलकाृ बीउ वितरण गरिएको बिकल्पद्वारा सन्चालित तराई बाढी पुर्नलाभ कार्यक्रमका फिल्ड अपिसर राम नगिना गुप्ताले बताउनु भएको छ ।