नवलपरासी । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट नेपाल निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी ब्युरो संयोजक नविन खड्का सहित ३ जना बर्दघाटबाट पक्राउ परेका छन् ।
अखिल (क्रान्तिकारी) ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ । अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदिय व्यवस्था मुुर्दावाद’ जस्ता नाराहरु लेख्न खोज्ने क्रममा नगरपालिकाको नगर प्रहरीले उनीहरुलाई हस्तक्षेप गरेका थिए ।
नगर प्रहरीको हस्तक्षेप पश्चात नगर प्रहरी र अखिल (क्रान्तिकारी)का विद्यार्थीहरुबीच भनाभन भएको थियो । त्यसको केही बेरमा इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा खड्का सहित अखिल (क्रान्तिकारी)का लुम्बिनी ब्युरो सह–संयोजक मनोज थापा र लुम्बिनी ब्युरो सदस्य ईन्दु वली रहेका अखिल (क्रान्तिकारी) का नवलपरासीका संयोजक सन्देश सापकोटाले जानकारी दिनुुभयो ।