15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

अखिल (क्रान्तिकारी)ले पाँच नम्बर प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान शुरू

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, निकट अखिल (क्रान्तिकारी)ले पाँच नम्बर प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान सुरु गरेको छ ।

पछिल्लो समय विश्वविद्यालयहरुको अवस्था दयनीय भएको र देशको शिक्षा प्रणाली सुधार गर्नु पर्ने लगायतका बिषय राख्दै, विद्यार्थी जागरण अभियान शुरू गरिएको अखिल (क्रान्तिकारी)ले साेमवार पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट प्रेस क्लब बर्दघाटमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको हाे ।

विश्वविद्यालय र सामुदायिक विद्यालयहरुका व्यवस्थापन समितिमा शिक्षा सुधारका लागि राजनीतिक भागबन्डा बन्द गर्नु पर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने, श्रममुखी पाठ्यक्रम लागू गर्नु पर्ने माग सहित जागरण अभियानको शुरूवात भएको, अन्ततः यो व्यवस्थाले नै यस्तो समस्या खडा गरेको हो र यो व्यवस्थाका बिरुद्ध संर्घष केन्द्रीत गर्नु पर्ने अखिल (क्रान्तिकारी)का केन्द्रीय  सह-संयोजक विरेद्र शाहले जानकारी दिनुभयो ।

नेपालमा भएका बिदेशी कलेजमा विद्यार्थीको चाप बढ्दो छ हाम्रा विश्व विद्यालयको अवस्था खस्कदो रहेको र पछिल्लो समयमा विभिन्न मुलुकका भाषा पढाई हुने संस्थाहरुमा भिड हुने गरेको यसको मुल जड नै विद्यालयमा हुने राजनीति नै हो, यसको विरुद्धमा हाम्रो अभियान शुरू भएको अखिल (क्रान्तिकारी)का केन्द्रिय सह-संयोजक शाहले बताउनुभयो ।

आम विद्यार्थी र सरकारी विद्यालयहरुका वेतिथिलाई केन्द्रबिन्दुमा राखेर त्यसका विरुद्धमा अभियान सुरु गरिएको बताईएको छ । जिल्लामा विद्यार्थी छात्रवृत्ति, विद्यार्थी शुल्क, दर्ता बिना नीजि विद्यालयहरु सञ्चालन लगायतका शैक्षिक बिषयहरु उठाउन गरेको, विद्यार्थी र सरकारी विद्यालयहरुका बेतिथिलाई केन्द्र बिन्दुमा राखेर त्यसका विरुद्धमा अभियान सुरु गरिएको  जिल्ला संयोजक सन्देश सापकोटाले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme