सुनसरीको महोत्सवमा आगजनी र तोडफोड

98

सुनसरी, ४ माघ ।

सुनसरी जिल्लाकाे बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् ।

बिहानै देखी टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा भोजपुरी गायक खेसारीलाल यादव नआए पछि आक्रोशित भिडले स्टेज तोडफोड गर्दै महोत्सव स्थलमा रहेका ४ वटा स्करपीयो गाडीमा आगजनी गरेका हुन्।

पुष २४ गते देखी संचालित यस महोत्सवमा मनाेरञ्जनका लागि मंगलवार अर्थात मेलाकाे अन्तिम दिन गायक एवम अभिनेता यादव आउने कार्यक्रम पुर्व निर्धारित गरिएकाे थियो। मनाेरञ्जनका लागि भएपनि मंगलवार दर्शककाे अत्यधिक भिड रहेकाे थियाे । आयाेजकले गायक यादव कै नाममा टिकट समेत काटेकाे थियाे ।

महोत्सवमा अत्यधिक भीड देखिएपछि काेराेना संक्रमणकाे मध्येनजर स्थानिय प्रशासनले यादवलाई महोत्सवमा जान रोक लगाएको थियो ।

स्थानीय प्रशासनले महोत्सव रोक्नका लागि समेत यसअघि नै निर्देशन दिइ सकेको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले मेलाकाे सञ्चालन निरन्तर जारी राखेकाे थियो ।