काठमाण्डाैं, १२ कार्तिक ।
नेपाल भ्रमणका लागि आएका ३ विदेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ । सुनसरी हुँदै भारत प्रवेश गरेपछि एसएसबीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीन जना महिला हुन् । उनीहरू उज्वेकिस्तानबाट भिजिट भिसामा नेपाल आएका थिए ।
सुनसरीको बाटो भएर दिल्ली जाने क्रममा एसएसबीको टोलीले नियन्त्रणमा लिएको हो । स्थानीय सञ्चारकर्मी राजेशकुमार शर्माले उपलब्ध गराएको जानकारीअनुसार दुई स्थानीय युवालाई साथमा लिएर ट्याम्पुमा जाँदैगर्दा एसएसबीको ५६औँ बटालियन पथरदेवा बिओपीको टोलीले नियन्त्रणमा लिएको हो ।





