16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

सरावल–६ गडौरीमा रास्वपाको वडा भेला सम्पन्न

- Advertisement -

१०० भन्दा बढीको सहभागिता, तराईमा जनलहर बढ्दै गएको संकेत

पश्चिम नवलपरासी ।
सरावल गाउँपालिका वडा नं. ६ गडौरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम सरावल गाउँपालिकाकै पहिलो वडा भेला भएको पार्टीले जनाएको छ।

जेन–जी अगुवा धिरज यादवको सभापतित्वमा सनिवार सम्पन्न भेलामा १०० भन्दा बढी स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। भेलामा पार्टीको संगठन विस्तार, स्थानीय तहमा जनआधार मजबुत बनाउने र आगामी निर्वाचनलाई लक्षित रणनीतिबारे छलफल गरिएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै रास्वपाका बृजराज कुशवाहाले पुरानो राजनीतिक अभ्यासप्रति जनतामा बढ्दो निराशा रहेको र त्यसको विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको बताए। उनीले तराई–मधेस क्षेत्रमा रास्वपाप्रतिको समर्थन तीव्र रूपमा विस्तार भइरहेको उल्लेख गर्दै “देश घण्टीमय बन्दै गएको” बताएका छन्।

भेलामा प्रतिनिधीसभा क्षेत्र नं. १ का उम्मेदवार बिक्रम खनालले अब राजनीति भाषण र आश्वासनमा सीमित नरहेर जवाफदेहिता, पारदर्शिता र जनमुखी सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि नयाँ राजनीतिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखेका थिए।

रास्वपाका नेताहरूका अनुसार सरावल–६ मा सम्पन्न यो वडा भेलाले पार्टीप्रति बढ्दो जनविश्वास र प्रवेशको लहरलाई स्पष्ट रूपमा देखाएको छ। पार्टीले आगामी दिनमा पालिकाका अन्य वडाहरूमा पनि यस्ता भेलाहरू निरन्तर आयोजना गर्ने जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme