नवलपरासी ।
संविधान दिवस २०७९ को अवसरमा प्रतापपुर गाउँपालिका ७ गुठी सुर्यपूरामा साेमवार साँझ दीपावली कार्यक्रम सम्पन्न गरिएकाे छ । सुर्यपुरा चाैक स्थित वि पि स्मृति स्थानमा भेला भइ संविधान जारी भएकाे दिनकाे सम्झनामा दीपावली गरि खुशीयाली व्यक्त गरिएकाे हाे ।
नेपाली कांग्रेस प्रतापपुर गाउँपालिकाद्वारा आयाेजित दीपावली कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, प्रमुख अतिथि माननिय देवकरण प्रसाद कलवार (सन्तु) तथा क्षेत्रिय सभापति मुकुल आचार्य र वाड नं ७ का अध्यक्ष हरेन्द्र यादव तथा नेपाली कांग्रेस र सविधान प्रति आस्था राख्ने सर्वसाधारणकाे उपस्थिती रहेकाे थियाे ।






