बर्दघाट ।
पश्चिम नवलपरासीका उद्याेगि ब्यवासायीहरुले शान्ति र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय परासीमा आज ज्ञापन पत्र बुझाएका छ्न ।
नवलपरासी उद्योग बाणिज्य संघ, सुनचाँदी ब्यवसायी नवलपरासी, उद्योग बाणिज्य संघ बर्दघाट, सुनवल उधोग बाणिज्य संघ सुनवल, लगायतकाले सयुक्त रुपमा निमित्त प्रमुख जिल्ला जिल्ला अधिकारी प्रकाश देवकोटालाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउदै ब्यवसायीहरुले पछिल्लो केहि घटनाहरुले जिल्लाको शान्ति सुरक्षाको स्थिति बिग्रीएको बताउदै चिन्ता व्यक्त गरेका छन ।
सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीका अध्यक्ष अर्जुन सुनारले पछिल्लो समय सुनचाँदी व्यवसायीहरु माथी श्रृखला बद्ध घटना बढेको र आफूहरु असुरक्षित भएको हुदा जिल्ला प्रशासनलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन अनुरोध गर्नु भयो ।
ब्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी देवकोटाले ब्यवसायीहरुको सुरक्षाका लागी प्रशासन तमतायार रहेको बताउनु भयो ।
घटनाको थप अनुसन्धान भइरहेको बताउदै उहाले जिल्लाको शान्ति शुरक्षा कायम गरीने बताउनु भयो ।जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले अनुसन्धान जारी रहेको बताउदै, छिट्टै गोली प्रहार गर्ने समुह नियन्त्रणमा आउने दाबि गर्नुभयो । आचार्यले प्रहरीको प्राविधिक सहितको टोली मार्फत थप अनुसन्धानको काम सुरु भइरहेको जानकारी दिनुभयो ।
















