मृत अवस्थामा फेला

16

काठमाडौं, ७ माघ

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-२ भंगाल डेरा गरी बस्ने महोत्तरी बर्दिवास घर भएकी ४५ वर्षीया सविता थापा शुक्रबार मृत अवस्थामा  फेला परेकी छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-१९ ढोकाटोलस्थित सडक पेटीमा हाल नाम थर, वतन, नखुलेका करिब ४५ वर्षीय पुरुष र काठमाडौं महानगरपालिका-१९ ईनाटोलस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ वैवाह बस्ने ५४ वर्षीय हिरालाल डगौरा सोही गाउँपालिका-४ वैवाहस्थित महाकाली सिचाईको शाखा नहरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-११ फुलवारी डेरा गरी बस्ने पर्वत कुस्मा नगरपालिका-१४ आर्थर डाडाखर्क घर भएका ३६ वर्षीय चन्दन गुरुङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।