3.7 C
New York
Tuesday, April 21, 2026

Buy now

spot_img
spot_img

भूकम्पमा १४४ काे मृत्यु, रुकुम पश्चिममा मात्रै ५२ जना

- Advertisement -

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर सुक्रवार राती गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जना तथा जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भन्दा बढी गरि कुल १ सय ४४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन्। रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको हो। गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:१६ बजेमा ४.६ रेक्टर स्केल, १२:३५ बजेमा ४.३ रेक्टर स्केल, १२:२९ बजेमा ४.२ रेक्टर स्केल, १२:०८ बजेमा ४.५ रेक्टर स्केलका भूकम्प गएका हुन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme