
बर्दघाट, १३ साउन २०८३
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, लुम्बिनी प्रदेशको आयोजनामा खानेपानी तथा सरसफाइ संस्था/समिति तथा व्यवस्थापकको क्षमता अभिवृद्धि तालिम तथा पश्चिम नवलपरासी जिल्ला स्तरीय भेला तथा नयाँ कार्य समितिकाे अधिवेशन बर्दघाट नगरपालिकाको सभाहलमा बुधबार सम्पन्न गरेको छ ।
कार्यक्रम लुम्बिनी प्रदेश खानेपानी महासंघका कार्यवाहक अध्यक्ष द्रोण प्रसाद जैसीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ संस्थाहरूको प्रभावकारी व्यवस्थापन, सेवा प्रवाहको गुणस्तर सुधार, संस्थागत सुशासन तथा व्यवस्थापकहरूको क्षमता अभिवृद्धि, लगायतका विषयमा बाेल्ने बक्ताहरूकाे भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष खेमराज वली, संस्थापक महासचिव धीरज शर्मा, सल्लाहकार चाेक प्रसाद धिताल, गण्डकी प्रदेशकाे अध्यक्ष विमला पाहारी, बुटवल कार्यालय प्रमुख ई. अतुलेस कर्ण, काेषाध्यक्ष नारायणी भट्टराई, राजकुमार श्रेष्ठ लगायतले आ-आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रमकाे उद्घाटन सत्रमा उपाध्यक्ष पूर्ण प्रसाद जैसीकाे स्वागत मन्तव्य रहेको कार्यक्रमकाे संचालन महासंघका महासचिव निलकण्ठ पोखरेलले कार्यक्रमकाे सञ्चालन गर्नुभएको थियो ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले नवलपरासी जिल्लामा गुप्त बहादुर के.सी. काे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिकाे चयन भएको छ । जसको उपाध्यक्षमा मञ्जु न्यौपाने पाण्डे, महासचिवमा केशव कान्त न्यौपाने चयन हुनु भएको छ भने सचिवमा शान्ति पोखरेल पौडेल र कोषाध्यक्षमा गोमा आचार्य चयन हुनुभएको छ । सदस्यहरूमा क्रमश: राधादेवि अधिकारी, गणेशचन्द्र गुप्ता, तार बहादुर पौडेल क्षेत्री, कृष्णा क्षेत्री, ओम प्रकाश चौधरी, राजेन्द्र शर्मा, संजय कुमार कानु रहनु भएको छ । बाँकी एक जना पछि समितिले मनोनयन गर्ने गरी समिति गठन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता रामकृष्ण पौडेलले जानकारी दिनु भएको छ । निर्वाचन समितिमा बर्दघाट नगर खानेपानी शाखाका फोकल प्रर्सन कृष्णहरि पौडेल र ईन्द्र लामिछाने रहनु भएको थियो ।


















