11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा सुचनाकाे हक सम्बन्धि दुई दिने तालिम सम्पन्न

- Advertisement -

नवलपरासी । सुचनाकाे हक सम्बन्धि अभियानकर्मीहरूकाे लागि २ दिने तालिम बिहीबार नवलपरासीकाे परासीमा सम्पन्न भएको छ ।

सामुदायिक सारथीको आयोजना तथा USAID र THE ASIA FOUNDATION काे सहयाेगमा सञ्चालन भएको तालिममा जिल्लाका सात वटै पालिकामा सञ्चार क्षेत्रमा कार्यरत रहेका तथा अभिरुचि राख्ने २५ जना अभियानकर्मीहरूकाे सकृय सहभागितामा तालिम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक, सूचनाको परिचय, सूचनाको कार्य, सूचना कारण सहितको प्रमाण, सूचनाको हकको सिद्धान्तहरु, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, सूचना सम्बन्धि ऎन कानुन, सूचना अधिकारको व्यवस्था, सुचना अधिकारीको जिम्मेवारी लगाएतका विषयहरुमा प्रशिक्षण गर्नुभएको थियो ।

साथै सुचना माग गर्ने तरिका र विधिको विषय तथा सुचनाले उत्पादन गर्ने शक्ति, चुनाैति लगाएतकाे विषयमा प्रशिक्षक लुनिभा तुलाधरले गर्नुभएको थियोे । त्यस्तै वकालतको परिचयका, कार्ययोजना, सहकार्य, सशक्तीकका र सूचनाको हकको दुरुपयोग गरेमा जरिवाना लगायतका सजायको भागिदार हुने विषयमा प्रशिक्षक कर्ण बहादुर नेपालीले जानकारी दिनु भएको हाे।

त्यस्तै सुचना मागकाे पुर्व कार्ययोजना र सशक्तीकरण, क्षमता अभिबृद्धिका साथै आफ्नो परिचय आफै खोजी गर्नु पर्छ भन्ने कुराको जानकारी प्रशिक्षक अनिता गुरुङले बताउनुभएको थियो । चार जना प्रशिक्षकले प्रशिक्षण गरेको कार्यक्रममा RTI National federation का केन्द्रीय उपाध्यक्ष बृजराज कुशवाहाले सहजीकरण गर्नुभएको थियोे । साथै तालिममा सहभागिहरुले तालिम पश्चात कम्तिमा पनि एक एक वटा सूचना माग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रमकाे अन्तिममा सराेज धितालकाे अध्यक्षतामा रहनेगरी ११ सदस्यीय सुचनाकाे हकका लागि जिल्ला समिति समेत चयन गरिएको हाे।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme