15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा सामुदायिक वन दिवसमा वृक्षारोपण र छलफल कार्यक्रम सम्पन्न

- Advertisement -

बर्दघाट, २५ श्रावण २०८२
“समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई गतिशील बनाऔँ” भन्ने नाराका साथ आइतवार पश्चिम नवलपरासीमा सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ पश्चिम नवलपरासीको आयोजना तथा सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ सुनवलको सहआयोजनामा कीर्तिपुर सामुदायिक वनमा सम्पन्न भएको हो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी जिल्ला अध्यक्ष शारदा पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)को प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि यादवले बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको हो।
सो अवसरमा प्रमुख अतिथि यादवले वनलाई व्यवस्थित र दीगो बनाउन समयमै कार्ययोजना नवीकरण गर्नुपर्नेमा जोड दिँदै रोजगारी सिर्जना, उद्यमशील उत्पादन र स्रोत–साधनको सदुपयोगका लागि वन उपभोक्ता समूह र वन समितिहरूबीच सहकार्य अपरिहार्य हुने धारणा व्यक्त गर्नुभयो।

सुनवल नगर प्रमुख विमला अर्यालले “एक वन, एक उत्पादन” अभियानलाई प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै सामुदायिक वनमार्फत वातावरणीय सन्तुलनसँगै आर्थिक समृद्धि पनि सम्भव हुने बताउनुभयो।
कार्यक्रममा सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कमल परियार, सरावल–बर्दघाट सब–डिभिजन वन अधिकृत बलराम पोख्रेल, प्रदेश सदस्य नारायण पान्डे, केन्द्रीय सदस्य टिचन गुरुङ, विशासय सामुदायिक वन अध्यक्ष गंगाराम घिमिरे, सुस्ता सामुदायिक वन अध्यक्ष मेघनाथ घिमिरे, कोटही देव सामुदायिक वन सचिव ममता राना खवास लगायतले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र उपयोगमा देखिएका चुनौती र अवसरबारे विचार–विमर्श गर्नुभएको थियो।
सहभागीहरूले सामुदायिक नेतृत्व, प्राविधिक सहयोग र स्थानीय सरकारको सक्रिय सहकार्य वन संरक्षणका लागि अपरिहार्य हुने निष्कर्ष निकालेका छन्।
कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष डिकराज डुम्रेको रहेको थियो भने सञ्चालन कोषाध्यक्ष सुमित्रा भट्टराईले गर्नुभएको हो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme