9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा जिल्ला स्तरिय वन व्यवस्थापन उपभोक्ता महासंघ गठन

- Advertisement -

पप्पु रेग्मी

बर्दघाट, २६ माघ ,वनको बैज्ञानिक व्यवस्थापन गरौँ कार्वन सञ्चितीमा बृद्धि गरौँ भन्ने मुल नाराका साथ बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघको आयोजनामा पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट २ चिसापानीमा बुधबार जिल्ला स्तरिय बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता महासंघ नवलपरासी गठन गरिएकाे छ । बैज्ञानिक वन व्यवस्थापनमा गएका जिल्लाका १४ वटा सामुदायिक वनको भेलाले सो जिल्ला महासंघ गठन गरेको हो । बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता तथा महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा प्रमुख अतिथि सेनले राज्यले वैज्ञानिक वनको कार्य विधि खारेज गरेर वैज्ञानिक वनमा गएका सामुदायिक वनलाई अन्योलमा राख्दै सामुदायिक वन भित्र नै एक आपसमा विवाद गराई दिएको बताउदै सामुदायिक वन उपभोक्ता महासंघले बैज्ञानिक वन व्यवस्थापनलाई ठोस निर्णय नदिएको प्रति महासंघको आपत्ति रहेको बताउनुभयो । सेनले राज्यले वैज्ञानिक वन कार्य विधि खारेज गरे पनि वैज्ञानिक वनको कार्य योजना खारेज नगरेको हुदा वैज्ञानिक वनले कार्य योजनामा भएका काम गर्न पाउनु पर्ने समेत उल्लेख गर्नु भयो । सोही अवसरमा विशेष अतिथि बर्दघाट नगरपालिका वडा नम्बर २ की वडाध्यक्ष दया दर्लामी, मुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डे लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रमको उदेश्य माथि चिसापानी सामुदायिक वनका अध्यक्ष एवं महासंघका प्रदेश महासचिव होम बहादुर गुरुंगले राज्यको अवधारणा अनुसार नै सामुदायिक वनहरु बैज्ञानिक वन ब्यवस्थापनमा गएको हुदा राज्यले दोहोरो नीति ल्याउन नहुने र सो विभेदकारी नीतिमा सामुदायिक वनको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघले ठोस कदम नचालेको हुदा वैज्ञानिक वन व्यवस्थापनमा गएका सामुदायिक वनहरुले आफ्नो आवाज उँठाउन बाँध्य भएर छुट्टै महासंघ गठन गरि आन्दोलनमा जानु परेको बताउनुभयो । सो अवसरमा महासंघका प्रदेश सदस्य कमल पराजुलीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका प्रदेश सचिव तोप बहादुर खड्काले गर्नुभएको थियो । सो जिल्ला भेलाले यज्ञ प्रसाद पाण्डेको अध्यक्षतामा १३ सदस्यिय जिल्ला स्तरिय वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ नवलपरासी सर्व सम्मत गठन गरेको छ । देशभरका ७ सय ६५ सामुदायिक वन वैज्ञानिक वन व्यवस्थापनमा गइसकेको र हाल महासंघले लुम्बिनी र सुदुर पश्चिम प्रदेशका सबै जिल्लामा महासंघ गठन गरिसकेको र आगामी दिनमा प्रदेश नम्बर १ र मधेश प्रदेशमा छिट्टै जिल्ला महासंघहरु गठन गरिने बताईएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme