परासी
पश्चिम नवलपरासी संघिय निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेले विस्तारीत बैठक शुक्रवार बर्दघाटमा सम्पन्न गरेको छ । बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनका लागि उमेदवारहरुको टुङ्गो लगाएको छ ।
निर्वाचन क्षेत्र नं. १ को संघिय निर्वाचनका लागि पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी र राम लखन हरिजनको नाम सिफारीस गर्ने निर्णय गरेकाे छ ।
त्यस्तै बैठकले प्रदेशका लागि निर्वाचन क्षेत्र नं. १ (क) वाट पुण्य प्रसाद पौडेल, सिन्धु जलेसा, राम बहादुर भण्डारी, एकदेव पाण्डे र टुक प्रसाद बस्यालको नाम सिफारीस गरेको छ भने निर्वाचन क्षेत्र नं. १ (ख) बाट राम प्रसाद अर्याल र दिपकराज शर्मा भट्टको नाम सिफारीस गरेको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताए ।
बैठक संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेको अध्यक्षता तथा केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा शुक्रवार बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा बसेकाे थियाे ।
बैठकमा पार्टीका केन्द्रिय सल्लाहकार परिषद् खिमलाल पोखरेल, जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी, प्रदेश कमिटिका सचिवालय सदस्य तुलसी पासी, केन्द्रिय प्रतिनिधि परिषद सदस्य बद्री खनालकाे उपस्थिती रहेको थियो ।





