15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा एमाले नेता गैरेको घरमा अखिल क्रान्तिकारीको कालो ब्यानर

- Advertisement -

नवलपरासी – नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल क्रान्तिकारी नवलपरासीले उनको घरमा कालो ब्यानर राखेको छ ।

जनसेवा मावि सुनवल–६ विशासयको जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले दर्ता गरी बिक्री गरेकोले उनलाई सामाजिक बहिष्कार गर्न आब्हान सहित बुधवार क्रान्तिकारीले सुनवल–१ सोमनाथस्थित उनको घरको गेटमा चेतावनीस्वरुप कालो ब्यानर राखेको हो । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध बिद्यार्थी संगठनले गैरेको घरको गेटमा राखेको कालो ब्यानरमा गैरेलाई विभिन्न ३ वटा अभियोग लगाएको छ ।

भुमाफिया थान प्रसाद गैरेलाई सामाजिक बहिस्कार किन ? भन्ने शिर्षकको ब्यानरमा गैरेले सार्वजनिक सम्पति कब्जा गर्नुका साथै तत्कालिन अवस्थामा गाविस अध्यक्ष र विभिन्न संघसंस्थामा हुदाँ पदको दुरुपयोग गरेको, नैतिक रुपमा समेत पतन भएको उल्लेख छ । साथै, हडपेको जग्गा तत्काल फिर्ता नगरे र आचरणमा सुधार नगरे जनकारवाही गर्ने क्रान्तिकारीले चेतावनी समेत दिएको छ ।

अखिल(क्रान्तिकारी)ले हाल नवलपरासीमा प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान संचालन गरिरेहको छ । क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक बारुदले भष्ट्रहरुलाई कारवाही गर्ने अभियानको मक्सद रहेको उल्लेख गर्दै गैरेको घरमा संगठनले कालो ब्यानर टाँगेको पुष्टि गरेका छन् । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस काण्डमा छानबिन गरी कारबाही प्रकृया अघि बढाउन सुनवल नगरपालिकालाई पत्राचार समेत गरेको थियो ।

गैरे नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य एंव प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं. २ ‘क’बाट एमालेबाट पराजित भएका थिए । विद्यालयको नाउँमा साविक सुनवल गाविस–६ ‘ख’ को कित्ता नम्बर ११ को ४ बिघा १८ कठ्ठा १८ धुर जग्गा रहेको थियो । सोही जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले अतिक्रमण गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

उक्त जग्गा गैरेकी श्रीमती लिलादेवी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट दर्ता गरी लिएको मालपोत कार्यालयको श्रेस्तामा देखिएको थियो । तत्कालीन समय वि.स.२०४९ देखि २०५९ सम्म १० वर्षसम्म थान प्रसाद सुनवल गाविसका अध्यक्ष रहेका थिए भने २०५३ देखि २०५८ सम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme