पर्सा २१ पुस
सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरले चौक चौकमा आगो बालेर जनताको सुरक्षा दिनुका साथै जनसेवामा लागेकाे छ । तराईमा बढेको चिसो कुहिरो र शितलहर चलेसँगै बढेको चिसोको कारण बालबालिका, सुत्केरी र बृद्धबृद्धालाई जनजीवन प्रभावित बनेको छ । ग्रामिण क्षेत्रका जानकीटोला, भिखमपुर, लक्ष्मीपुर, पाण्डेपुर लगायत ठाउँ ठाउँमा चिसोबाट बच्नको लागी अागो बाले बुढापाखा र बालबालिकाहरुले जिउ तताउने काम गरिरहेका छन। तराईमा एक्कासी बढेको चिसोको कारण निजि तथा सरकारी बिधालय हरु पठन पाठन गरिरहेका स्कुले बालबालिका हरुलाई बिषेश समस्या देखिए का कारण अहिले सबै स्कुल बन्द गरिएको हो। सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको सशस्त्र प्रहरी निरिक्षक निरंजन कार्की को नेतृत्व मा रहेको टोलीले ठाउँ ठाउमा दाउरा बालेर अागो तपाउन लागेको मा स्थानिय हरु बाट बधाई समेत पाएका छन।सशस्त्र प्रहरी निरिक्षक कार्कीले अाफै गाउँ गाउँमा घुमेर सुजाव दिदै भने यसतो जाडो को सम्यमा मोटो कपडा लगाउन ,घर बाट बाहिर नजान,घरमा बसी अागो बालेर तापने र बालबालिका, सुत्केरी महिला,र बृद्ध बृद्धा हरुमा चिसोमा ध्यान दिनको लागी अाग्रह गरे ।















