जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

25
file pic

काठमाडौं, ७ असोज

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भक्तपुर सल्लाघारी बस्ने सिन्धुपालचोक गाविस-३ घर भएका ३८ वर्षीय च्याङ्गवा भन्ने सागर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ गतेको फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सल्लाघारी चोकबाट पक्राउ गरेको हो ।

१५ वर्षीया बालिकालाई फोनबाट सम्पर्क गरी काठमाडौंमा राम्रो काम लगाईदिन्छु भन्दै ललाई फकाई प्रलोभन  पारी दोलालघाटबाट सँगै लिएर आई कोटेश्वरस्थित शुभलक्ष्मी गेष्ट  हाउसको ३०६ नम्बरको कोठामा डर त्रास देखाई २०६८ कात्तिक २० गते जवरजस्ती करणी गरी फरार रहेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।