11.7 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

चोरीमा संलग्न एक जना पक्राउ

- Advertisement -

 

हरिकिशोर शर्मा
ठोरी गाउँपालिका वडा नम्बर २ ठोरी भन्सार बजारको एक पसलमा चोरी भएको छ।टाउनप्लान घर भइ बिगत लामोसमयदेखि ठोरी बजारमा कस्मेटिक पसल सन्चालन गर्दै आइरहेका रमेश श्रेष्ठको काठे घुम्ती पसलमा गएराती मध्यरातको समयमा घुम्तीको पछिल्लो पटरा भत्काएर चोरी भएको पीडित श्रेष्ठले जानकारी दिए।पसलबाट एक थान ल्याप्टप,कस्मेटिक सामग्री सहित केही नगद समेत चोरी भएको श्रेष्ठले जानकारी दिए।चोरी भएको केही समय नबित्दै पसल चोरी गर्ने व्यक्तीलाई पक्राउ गरिएको छ।चोरी गर्ने व्यक्तिको उक्त पसलको अगाडि आफ्नो र परिवारको दुईवटा फोटो फेलापरेको र फोटोकै आधारमा सशस्त्र सीमा सुरक्षा बल बोडर आउट पोष्ट ठोरीलाई फोटो सहित घटना विवरण बताइसकेपछि सशस्त्र सीमा सुरक्षा बलले भारतीय एस एस बि सँग समन्वय गरी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको र एकजना व्यक्ती भने फरार रहेको सशस्त्र सीमा सुरक्षा बल ठोरीका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार भारतीय एस एस बि ले यस घटनालाई आवस्यक सहयोग पुर्‍याएको र एस एस बि कै सहयोगमा चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो।चोरी गर्ने व्यक्ती ठोरीकै सीमावर्ती नजिकै रहेको भिखना ठोरीका वर्ष १५ का सुरज कुमार महतो रहेको पनि कोइरालाले जानकारी दिए।महतोलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा महतोले आफूले चोरी गरेको स्वीकार गरी आफ्नो साथमा भिखना ठोरी कै अन्दाजी वर्ष १८ का बउवा मिया समेत साथमा रहेको खुल्न आएको छ।सशस्त्र प्रहरी निरीक्षक कोइरालाका अनुसार भारतीय एस एस बि को सहयोगमा फरार रहेका मियाको खोजीकार्य जारी रहेको छ।पक्राउ परेका महतोले पसल बाट चोरी गरि लिएर गएका ल्याप्टप लगायतका अन्य सामानहरु परिवारको आहयोगमा प्रहरीलाई बुझाएको छ।थप अनुसन्धान र कारबाहीका लागि अभियुक्त महतोलाई इलाका प्रहरी कार्यालय ठोरीको जिम्मा लगाइएको समेत सशस्त्र प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए।यता इलाका प्रहरी कार्यालयले भने पीडितले कुनै लिखित जाहेरी नदिएको हुँदा थुनामा राखी थप अनुसन्धान गरिरहेको जानकारी प्रहरी निरीक्षक ब्रह्मदेव साहले दिए ।पीडित श्रेष्ठ भने भोलि शुक्रबार जाहेरी दर्ता गराउने तयारी भइ रहेको बताएका छ्न्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme