डुबेर २ जनाकाे मृत्यु

25

काठमाडौं, २८ भदौ
दाङ, दंगिशरण गाउँपालिका-३ रावतगाँउस्थित बबई नदीमा डुबेर सोही बाँके राप्ती गाउँपालिका-८ पिपिरी बस्ने १८ वर्षीय आशिष चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । रावत गाउँ बस्ने साथी बिशाल चौधरीको घरमा आएका उनी बिशाल सहित ४ /५ जना उक्त नदीमा नुहाउने क्रममा डुबेर आशिषको मृत्यु भएको बताइएको छ ।
रौतहट, यमुनामाई गाउँपालिका-४ सरुअठा बस्ने बिन्दा साहकी छोरी १२ वर्षीया विनिता साहको सोही ठाउँस्थित झाँझ खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । साथीहरुसँग उक्त खोलामा नुहाउने क्रममा विनिता शाह डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकि बडहर्वाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।