कृष्ण गिरी, ८ फागुन नवलपरासी ।
नवलपरासी स्थित मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैकाे आस्थाका साझा केन्द्रकाे रूपमा विकसित भएकाे मदारबाबा मेला यस वर्ष फागुन ९ गते देखी शुरू हुने भएको छ ।
मेलाकाे आयाेजक मदार बाबा मजार सरक्षण कमिटीले मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । मेलामा आउने श्रद्धालुका लागि खानेपानी, विरामीका लागि निशुल्क उपचार शिविर, राति बस्नेलाई बास, शौचालय साथै सुरक्षाका लागि चुस्तदुरूस्त व्यवस्था मिलाइएकाे आयोजक कमिटिका अध्यक्ष जमालुदिन मिंयाले बताए।

मदार बाबा मेलामा भर्नाको लागि नेपालका काठमाडौ, पोखरा, पाल्पा, चितवन, रूपन्देही, कपिलवस्तु, नवलपरासी लगाएत भारतको दिल्ली, मुम्बइ, बिहार, बंगाल लगायतकाे विभिन्न स्थानहरूबाट मेलामा आउने भक्तजन अनुमान गरिएको छ ।
मौसम सफा भएको हुनाले विगत वर्षहरूकाे अनुभवकाे आधारमा यस वर्ष अझ बढी श्रद्धालु आउने विश्वास गरिएको आयोजक कमिटिका सचिव सम्सुल होदाले बताए । यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ ।
मदारबाबाको मजारमा भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुकोभाकल तथा मनोकामना पुरा हुने र सन्तान नहुने दम्पती सान्तान पाउने तथा दुखियाको दुखहरण हुने धार्मिक मुल्य मान्यता र विश्वास भएको आयोजक कमिटीको भनाइ छ । श्रद्धाकाे यस केन्द्रमा ४ वटा महत्वपुर्ण स्थान रहेकाे बताइएकाे छ ।
महलबारीमा मस्जिद रहेकाे छ भने यसबाट अगाडि बढदै जादा गुद्दरबाबा , चावलधाेइल , नाकदर्वा र उच्च पहाडमा मदारबाबा स्थान रहेका छन । पहाडमा रहेकाे मदारबाबा स्थानमा पुग्न जाे काेही आतुर रहेकाे पाइन्छ । महलबारी मस्जिदबाट ९ किलोमिटर पहाड माथि मदारिया डाँडामा अवस्थित छ ।
मदारबाबा संग आस्था राख्ने मुस्लिम, हिन्दु, बौद्धिष्ट, क्रिश्चियन लगायत विभिन्न समुदायका त्रिर्थालूहरुको यहाँ भिडभाड लाग्ने गरेको छ । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि ५ देखि ६ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगी आफनो दुख तथा मनोकामना बाबालाई सुनाउने गरेका छन् ।
मदार बाबा स्थलमा हिन्दु मुस्लिम दुबै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ एकै स्थानमा पुजापाठ गर्ने संसारकै दुर्लभ स्थान रहेकाे हुनसक्ने अनुमान समेत गरिदै आएकाे कमिटिका काेषाध्यक्ष जुलेखा खातुनले जानकारी गराइन ।
मदार बाबा मेलामा भक्तजनहरूलाई सरल, सुलभ र भब्य बनाउनको लागि मेलामा सुरक्षा व्यवस्था मिलाउनका लागि सुरक्षा कर्मी परिचालन गरिने साथै स्वयंसेवक, ठाउँमा निशुल्क स्वास्थ्य शिविर, सार्वजनिक शौचालय निर्माण लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसिमको ब्यवस्था मिलाइएको मेला कमिटीका अध्यक्ष मियाले बताएका छन् ।
मेलामा व्यापारीहरूकाे व्यापक उपस्थिती रहेकाे छ । व्यावसायीहरू मेलामा राम्राे आम्दानी गर्नसक्ने भएकाले मेला शुरू हुनु एक हप्ता अगावै महलवारी र परसैयामा आइ पुगेका छन् । अस्थायी पसलका लागि घरटहरा धमाधम निर्माण गरिन थालिएकाे छ ।





