नवलपरासी, २३ माघ ।
जिल्ला अदालतबाट फैसला भइ विभिन्न मुद्धामा फरार रहेका ३ जना अभियुक्तहरूलाइ नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरि थुना पठाएको छ ।
पक्राउ पर्नेमा १ जना केही सार्वजनिक अपराध र लागुऔषध मुद्धामा फरार अभियुक्त रहेका छन् भने एक जना केही सार्वजनिक मुद्धामा फरार अभियुक्त छन् र एक जना वहु विवाह मुद्धामा फरार अभियुक्त रहेका छन ।
सम्मानित नवलपरासी जिल्ला अदालतबाट केही सार्वजनिक अपराध मुद्धामा मिति २०७२ पौष १ गते ५ सय जरीवाना र लागुऔषध मुद्धामा मिति २०७४ जेठ २८ गते फैसला भई १ हजार ६ सय ७५ रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका निजकै स्थायी वतन जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १६ स्थितबाट पक्राउ गरेको हो ।
२०७२ साल पौष ६ गते नवलपरासी जिल्ला अदालतबाट केही सार्वजनिक मुद्धामा फैसला भई तत्काल १ हजार ५ सय रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका निजकै स्थायी वतन जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ४ र अर्का एक जना अभियुक्त मिति २०६८ पौष १३ गते सम्मानित नवलपरासी जिल्ला अदालतबाट वहु विवाह मुद्धामा फैसला भई तत्काल १ बर्ष १ महिना ५ दिन कैद र ५ सय रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका निजकै स्थायी वतन जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ५ स्थितबाट तिनै जना फरार अभियुक्तलाई आ-आफ्नो स्थायी वतनबाट ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
आइतवार पक्राउ परेका तिनै जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र तिनै जनालाई सम्मानित अदालतबाट लगत अनुसारको कारबाही भएको छ ।





