चीनको अघोषित नाकाबन्दीप्रति कमल थापाकाे आक्रोश

30
काठमाण्डाैं, ११ माघ ।
विगत केही वर्षदेखि विभिन्न वहानामा नेपालको उत्तरी नाका बन्दप्रायः रहेको छ । जसले यसकाे प्रत्यक्ष असर नेपाली व्यावसायीलाइ परेकाे राप्रपाका पुर्व अध्यक्ष कमल थापाले बताएका छन् ।
यस बन्दका कारण नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको छ, समाचार सत्य हो भने यस्तो ‘अघोषित/अप्रत्यक्ष नाकाबन्दी’ अन्त्य गर्न सरकारको ध्यान जाओस् भन्दै दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ भन्नु भएकाे छ ।
सामाजिक सञ्जाल फेशबुक वालमा राख्नु भएकाे स्टेटसमा साेमवार विहानै पुर्व अध्यक्ष थापाले साे कुरा उल्लेख गर्नु भएकाे छ । उहाँले भारततर्फबाट थाेरै केही भएकाे खण्डमा नेपालमा हावाहुरी ल्याउनेहरू विगत लामाे समयदेखिकाे अवराेध रहेकाे चीनकाे नाकाबारे किन कुनै प्रतिक्रिया दिएका छैनन् ? सरकार पनि यसबारे माैन रहेकाे छ ।

गएकाे असाेज महिनादेखि चीनबाट मालसामान नेपाल भित्रिन पाएकाे छैन । असाेजदेखि मिडियामा समाचार आएपनि सरकारले कुनै एक्सन लिएकाे छैन । जसले नेपालमा समानकाे मूल्य अकासिनुका साथै व्यवापारीकाे व्यावसाय प्रभावित हुन थालेकाे छ ।

अनलाइनजनताले असाेज महिनामा नै ‘चीनद्वारा अघाेषित नाकाबन्दीः ताताेपानी र केरूङ नाकामा १००० भन्दा बढी ट्रक फंसे’ भन्ने समाचार प्रकाशन गरेकाे थियाे।