पर्सा
पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभासदस्य हरिनारायण रौनियारले बिकास निर्माणको योजनामा क्षेत्र नम्बर ३ लाई समाबेस गर्न सरकार संग माग गर्नुभएको छ । सांसद रौनियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर बिकास योजनामा पर्सा क्षेत्र नम्बर ३ लाई पनि समेट्न आग्रह गर्नुभएको छ । उहाले लेख्नु भएको पत्रमा जनता सडक अन्तरगत रङ्गपूर टांडी जमुनिया , सथाव्ल , मनवा र पोखरिया नगरपालिका अन्तर्गत पर्ने ढोंगहि तथा धुतहा खोलामा पूल निर्माणको माग गर्नुभएको छ । त्यसैगरी पोखरिया नरपालिकाको सिसियाडी चौक देखि गोबिन्दपूर हुदै महेन्द्रपथ सडक निर्माण , पटेर्वासुगौली गाउँपालिकाको सडक निर्माण ,रङ्गपूर परसौनी सडक निर्माण , पकहामैनपूर गाउँपालिका अन्तर्गत नैन्पूर लहावर थकरी सडक निर्माण , पोखरियाको कृष्ण मन्दिर सम्मको बाटो निर्माण , हुलाकी सडक देखि औराहा झकरा सडक निर्माण त्यसैगरी बास्यि देखि जगतपूर सम्मको बाटो निर्माण र पोखरिया बजार देखि सिरिसिया सम्मको बाटो निर्माण गर्न माग गर्नुभएको छ । त्यसैगरी बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरदेखि महुवन सम्मको सडक निर्माण र पोखरिया नगरपालिका वडा नम्बर ५ मा धर्मसाला निर्माणको गर्न माग गर्नुभएको छ ।















