नवलपरासीमा छठ पर्वको तयारी

61
नवलपरासी
सहबान अन्सारी, २२ कार्तिक ।
नवलपरासीको दक्षिणी भेगमा लोकप्रिय छठ पर्वको तयारी शुरु भएको छ । तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको छठ पूजा धार्मिक र सांस्कृतिक आस्थाको लोकप्रिय पर्व हो।
यो एक मात्र पर्व हो जसमा सूर्य देवताको पूजा गरी अर्घ्य दिइन्छ । हिन्दू धर्ममा सूर्यको पूजाको विशेष महत्व छ। सबै वैदिक-धार्मिक अनुष्ठानहरू पञ्चदेवको पूजाबाट सुरु हुन्छन्, जसमध्ये सूर्य पनि एक हुन्। छठ महापर्वमा पनि सूर्यदेवको पूजा आराधना गरी व्रत बस्ने भएकाले यसलाई सूर्य षष्ठी पनि भनिन्छ ।
छठको यो व्रत सन्तान प्राप्ति र सुखी र स्वस्थ जीवनको लागि गरिन्छ। आस्था र निष्ठाको पर्व छठको अवसरमा जिल्लाको विभिन्न ठाउँहरु परासी, कुश्मा, महेशपुर, भुजहवा, सोमनी, प्रतापपुर, सुर्यपुरा, गुठीपरसौनी र त्रिबेणी लगायतका स्थानमा बिषेश तयारी गरिएको छ । छठ पर्व कार्तिक शुक्ल पक्ष तृतियाको दिन देखी शुरु हुन्छ ।
मुख्य दिन अर्थात षठवींको दिन पुजा स्थलहरु नदि, नाला, पोखरी ताल तलैयाको बिषेश रुपमा सजावट गरी ब््तालुहरु अर्ध्य सामग्री लिएर उपस्थीत हुने गर्दछन । यो पर्व हरेक साल कार्तिक शुक्ल पक्षको षठवींको दिन मनाउने गरिन्छ ।
धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम, जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधना र उपासना गरि मनाउने गरिन्छ ।
जिल्ला भरिका बिभिन्न जात जातीहरु समेत छठ पर्व मनाउने गरेको पाईन्छ । यो अवसरमा पुजाको लागी घर- घरमा बिशेष तयारी समेत गरिएको छ ।