काठमाडौं, १० कार्तिक ।
नवलपरासीकाे सुस्ताबाट काठमाण्डाैं पुगेकाे एक स्थानीय टाेलीले भारतसंग विवादित रहेकाे नेपाल भारत सीमा समस्याकाे अन्त्य गर्नका लागि जंगे पिलर कायम गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
कार्तिक ९ गते मंगलबार गृहमन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा २०२२ सालदेखि सुस्ता बासीहरूको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सा गरी जग्गा जमिन प्रमाणपत्र वितरण गर्न समेत माग गरिएको छ ।
टोलीले गृहमन्त्री खाणलाई बुझाएको ज्ञापन पत्रमा नेपाल भारतको सिमाना छुट्टयाउन, सुस्ताबासीहरूले जोतभोग गरी आएको जग्गाको लालपूर्जा दिन, राजश्व संकलन गर्ने व्यवस्था मिलाउन, त्यहाँका बासिन्दालाई नागरिकता प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाउने माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सम्माननिय प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि विधेयक ल्याएर भएपनि नागरिकता समस्या समाधान गर्ने अाश्वासन दिनु भयाे । सुस्ताको तटबन्धको सवालमा तुरुन्तै उर्जा जलस्रोत तथा सिचाइ मन्त्री पम्फा भुसाललाइ फोन सम्पर्क गरि सुस्ताको तटबन्ध कार्य गर्नको लागि सहजीकरण गर्न निर्देशन दिनुको साथै पिडित सुस्ताबासीको जग्गाको लालपुर्जा वितरणको लागि आवश्यक पहल गर्छौ भन्ने आश्वासन समेत दिनुभयो ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकको सवालमा प्रतिपक्ष बाहेकका दलहरुसित सहमति भईसकेको र सदन सुचारु हुने बितिकै पहिलो प्राथमिकतामा नागरिकता विधेयक रहेको जानकारी गराउनुको साथै सुस्तामा सिमांकन गर्ने विषय, सशस्त्र प्रहरी परिचालन गर्ने र भूमि बचाउने विषयमा आफू सकारात्मक रहेको गृहमन्त्री खाणले बताए ।
उर्जा जलस्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले सुस्ताको तटबन्धको सवालमा सिंचाइ सचिवलाई आफ्नो कार्यकक्षमा बोलाई सुस्तामा बाकी रहेको तटबन्ध कार्यको लागि आवश्यक पर्ने बजेटको लागि कार्यक्रम बनाई थप बजेटको लागि अर्थ मन्त्रालयलाई सिफारिसको लागि निर्देशन दिनुको साथै हालको बजेटबाट भए पनि तत्कालै सुस्ताको तटबन्धकाे कार्य अगाडि बढाउन आश्वासन दिनुभयो ।
जिल्लाका संविधान सभा सदस्यद्वय देवकरण कलवार र विक्रम खनाल सहभागी रहेको टाेलीले प्रधानमंत्री शेर बहादुर देउवा, गृहमन्त्री खाँड, ऊर्जा जलश्राेत तथा सिंचाई मन्त्री पम्फा भुषाललाइ भेटेर जिल्लाका अन्य समस्याबाट अवगत गराउदैं समाधानका लागि पहल गरिदिन माग गरेकाे छ ।
देशको प्रमुख समस्याको रुपमा रहेको नागरिकता समस्या, सुस्ताको तटबंध लगायतका समस्या, बाढ़ीग्रस्त क्षेत्रको दीर्घकालिन समाधान, गण्डक पावर हाउस सूर्यपुरा को क्षमता विस्तार गर्ने कार्य तर्फ ध्यानाकर्षण गराएकाे छ । त्यस्तै जिल्लाका केरा किसानहरूले बजार नपाएकाे समस्या र उखु किसानले भुक्तानी नपाएकाे समस्या समाधानका लागि पहलकदमीका लागि माग गरेकाे छ ।
टाेलीमा सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल प्रसाद गुरुङ, युवा नेता उमेश चन्द्र यादव, लाल बहादुर गुरुङ, चन्द्र ढकाल,सरावल गा.पा.उपाध्यक्ष उत्तमा राय, नवलपरासी (ब.सु.प.) तरुण दल जिल्ला अध्यक्ष शुक बहादुर गुरुङकाे सहभागिता रहेकाे थियाे ।








