इस्लामिक आतंकवाद विरुद्धको कार्यक्रम कलैया बारामा

40
बङ्गलादेशमा हिन्दुहरुमाथि भएको दमनको विरोध गर्दै विश्व हिन्दू परिषद नेपाल बारा शाखाले कलैयामा विराेध प्रदर्शन गरेकाे छ ।
सयाैंकाे सहभागिता रहेकाे विराेध जुलुस राजदेवी मन्दिरबाट निस्केर नगर परिक्रमा गर्दै भरतचौकमा कोण सभामा परिणत भएकाे थियाे । विराेध जुलुसमा बंगलादेशमा हिन्दु माथी भएको दमन बन्द गर । ईस्लामिक आतंकवाद मुर्दाबाद लगायतको नारा लगाइएकाे थियाे ।
काेणसभामा प्रदिप अग्रवाल, गोपाल दास, सन्जय पटेल, परिषद पर्साको अध्यक्ष ॐ प्रकाश साह र कृष्णमोहनले बंगलादेशमा हिन्दु माथी भएको दमन बन्द गरी दाेषीलाइ कडाभन्दा कडा कार्वाही हुनुपर्ने माग गर्नुभयाे ।
त्यस्तै, हरिॐ साह, संजय साह, मनिष पाण्डे, रमेश साह, सियाराम दास, रंजित राजन, डंगोलका साथै स्थानीयबासीको उपस्थिति रहेको थियो ।
कार्यक्रमकाे सञ्चालन निरज नेपालीले गर्नुभएकाे थियाे ।