16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

दाउन्नेदेवी मा.वि.काे ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

- Advertisement -

बर्दघाट, २५ पाैष २०८२ ।
पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं. ४  बर्दघाटमा रहेको दाउन्ने देवी माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तपचन्द्र विश्वकर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पाठकले नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क व्यवस्था गरे पनि देशको विषम परिस्थितिका कारण राज्यले पूर्ण सुविधा उपलब्ध गराउन नसकेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक नेत्रलाल न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै “हाम्रो विद्यालय, राम्रो विद्यालय; हाम्रा विद्यार्थी अनुशासित र मेहनती; हाम्रा अभिभावक सहयोगी; हाम्रा शिक्षक पेशाप्रति समर्पित” भन्ने विश्वासका साथ संस्कारयुक्त प्रविधिमैत्री शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै आर्थिक वर्ष २०८१/ ८२ मा विद्यालयको कुल आय–व्यय २ करोड ८७ लाख १६ हजार रुपैयाँ रहेको विवरण सार्वजनिक गर्नुभयो।
कार्यक्रमका बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, बर्दघाट खानेपानी उपभोक्ता समितिका अध्यक्ष दीपक लम्साल, विद्यार्थी प्रतिनिधि आयाम पौडेल र अल्का जिसी, पूर्व विद्यार्थी उत्तम ध्वज के.सी. , विद्यालय संस्थापक परिवारका तर्फबाट बसन्त रेग्मी, पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावकहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
समारोहका अवसरमा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याउने उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको थियो। साथै विद्यालयलाई सहयोग गर्ने विभिन्न संघ संस्था, समाजसेवी, पूर्व शिक्षक तथा कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई अक्षय कोषबाट पुरस्कार तथा ट्रफी वितरण गरिएको थियो भने विद्यार्थीहरूले गीत तथा नृत्य  प्रस्तुत समेत गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक धन बहादुर चौधरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक भोजराज चापागाईंकाे रहेको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme