पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ ।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित नौ वटा दलहरू एकीकृत भई बुधबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहमार्फत नयाँ दल गठनको घोषणा गरिएको हो ।
नवगठित पार्टीको संयोजकमा प्रचण्ड र सह–संयोजकमा माधवकुमार नेपाल रहने निर्णय गरिएको छ ।
कार्यक्रममा नेता महिन्द्रराय यादवले प्रस्तुत गरेको प्रस्तावलाई उपस्थितहरूले सर्वसम्मत रूपमा अनुमोदन गरेका छन् ।
यसअघि नै तय गरिएअनुसार, नयाँ पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहनेछ ।















