चितवन, असोज ८ ।
मुग्लिन–नारायणघाट सडकखण्डको तुईन खोला पुल नजिक हिजाे दिउँसो करिब ४:५० बजे गएको ठूलाे पहिराेका कारण सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिराे पन्छाउन आज दिनभरजसो समय लाग्ने भएकाले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारी साधन तथा यात्रुलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
विजयादशमीकाे अवसरमा देशभरका यात्रुहरू घर जाने तयारीमा रहेका बेला लाइफलाइन मानिने काठमाण्डाैं–चितवन मार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई थप समस्या र तनाव थपिएको छ । हरेक वर्ष वर्षायाममा पहिराेका कारण सडक अवरुद्ध हुने गरेकोमा पछिल्लो समय सुक्खा पहिराेले समेत बाटोमा अवरोध सिर्जना गर्न थालेपछि जनजीवन प्रभावित हुँदै आएको छ ।
यसबीचमा सम्बन्धित निकायहरूले आवश्यक जानकारीका लागि सम्पर्क गर्नुपर्ने व्यक्तिहरूको विवरणसमेत सार्वजनिक गरेका छन् ।
- जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल : मो. ९८५५०१३९९९
- जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा : मो. ९८५५०९२२००
- सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्य : मो. ९८५५०९२२१८
सडक विभागले यात्रु र सवारीचालकहरूलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।















