17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नेपालभारत आपसी समन्वयबाट नै हुनेछ, सुस्ता समस्याकाे दीर्घकालीन हल

- Advertisement -

एसएसबी भन्छः- नेपाली मिडियामा हल्ला चले जस्ताे धरपकड तथा कारवाही चलाइएकाे छैन । दर्ता भएको मुद्दामध्येका एक जना पक्राउ परे पनि पछि छोडिएकाे छ।

बृजराज कुशवाहा, पश्चिम नवलपरासी, सुस्ता।

नेपाल–भारत सीमावर्ती क्षेत्र सुस्ता फेरि चर्चामा आएको छ। गत २४ फेब्रुअरी २०२५ मा खेत जोतिरहेका किसानलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोक्ने प्रयाससँगै विवाद सुरु भएको र सो घटनापछि बिहारको पश्चिम चम्पारण जिल्ला अन्तर्गत वाल्मिकीनगर थानामा १४ जना सुस्ताबासीमाथि मुकदमा (FIR) दर्ता भएको पुष्टि भएको छ।

मुकदमा (FIR) मा गरिएका माग, जस्ताकाे तस्तै (यो क्षेत्र दुवै देशबीचको विवादको मुख्य कारण भएकाले सुस्ता क्षेत्रको विवादित भूमिमा भारत–नेपाल सीमाको स्पष्ट निर्धारण नभएसम्म यथास्थिति कायम रहनु अपरिहार्य छ। यस प्रकारका अप्रिय घटनाबाट दुवै देशबीचको विवाद अझ बढ्न सक्ने सम्भावना रहन्छ। )

स्थानीयवासीहरूको भनाइअनुसार, सुस्ताकाे किसानसित भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोक्ने प्रयाससँगै भनाभन शुरू भएकाे तथा भीड बढ्दै गएपछि एसएसबी त्यहाँबाट फर्किएको थियो तर (एसएसबी) काे अनुसार थारू टाेलबाट एकत्रित भएका ५० भन्दा बढी मानिसहरूले गरेकाे हमलामा गस्तीमा रहेका ३ जनाकाे टाेलीका जवान राहुल यादव घाइते भए । उनकाे देब्रे हातमा चाेट लाग्याे तथा उनकाे माेबाइल उग्र भिडले कब्जामा लिएकाे (FIR) मा उल्लेख छ ।

त्यसको भाेलिपल्ट एसएसबीकाे सीमा चाैकी चकदहवा तत्कालिन चाैकी इन्चार्ज जितु साेनवालले साे घटनाकाे जानकारी सहित बिहारको पश्चिम चम्पारण जिल्ला अन्तर्गत वाल्मिकीनगर थानामा १४ जनाकाे संलग्नता रहेकाे मुकदमा दर्ता गरेको जानकारी प्राप्त भएको हो। एसएसबी भन्छ, जबकी त्यसै मुद्दा मध्येका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरे पनि पछि छोडिएको छ।

घटनाकाे ६ महिनापछि उठान गरिएकाे समाचारले नेपाली मिडियामा फेरी एकपटक चर्चा पाउंदा सुस्ताकाे घाउ बल्झिए जस्ताे स्थान पाउन खाेज्दै छ । तर विश्लेषकहरूका अनुसार, विवाद सुरु भएलगत्तै तत्कालै समन्वयात्मक पहल नगर्नु मुख्य कमजोरी देखिएको हो। नेपाली प्रशासन र सुरक्षाकर्मीमार्फत सीमास्तरीय संवाद वा संयुक्त बैठक गर्न सकिन्थ्यो, तर ढिलो भएपछि मात्र सुस्ताबासी प्रशासनमा पुगेका थिए। यसबीच भारतीय पक्षले भने कानूनी प्रक्रिया अघि बढाइसकेको देखिन्छ।

सुस्ता क्षेत्रमा अझै पनि सीमा स्तम्भ नहुनु, गण्डक नदीको धार परिवर्तनसँगै सीमा अस्पष्ट हुनु र सन् २००५ मा गरिएकाे अस्थायी व्यवस्था मार्फत मात्र दुवै देशका स्थानीय प्रशासनले काम गरिरहेका कारण यहाँ प्रायः विवाद हुने गरेको छ। तर विवादलाई तत्काल समाधान गर्ने संयन्त्र समयमै सक्रिय नहुँदा समस्या बढ्ने गरेको विश्लेषकहरूको भनाइ छ।

पछिल्लो समयमा भने यस्ता संवेदनशील विषय नेपाली सञ्चार माध्यममा पहिलेझैं प्रष्ट रूपमा सार्वजनिक हुन सकेका छैनन्। यसले सीमावर्ती जनजीवनसँग सम्बन्धित गम्भीर समस्यामा आवश्यक ध्यान नपुगेको अनुभूति स्थानीयवासीले गरिरहेको देखिन्छ।

वाल्मिकीनगर तत्कालिन थानाध्यक्ष संजय कुमार सिंहकाे अनुसार आकाश साह, झुल्लन चाैधरी, अफताब आलम, इदन अली, आदम खाँ, दुखी यादव, इश्तिकार आलम, जय नारायण शाह, आजम खाँ, दीपु चाैधरी, अब्दुल कादिर खाँ, रंजन चाैधरी, गाेरख चाैधरी र कमाल खाँ काे नाम FIR मा दर्ता रहेकाे छ ।  तर एसएसबी भन्छ, नेपाली मिडियामा हल्ला चले जस्ताे धरपकड तथा कारवाही चलाइएकाे छैन । दर्ता भएको मुद्दामध्येका एक जना पक्राउ परे पनि पछि छोडिएका छन्।

विशेषज्ञहरूको मूल्याङ्कनमा, सुस्ताजस्ता विवादित क्षेत्रमा दुबै पक्षको आरोप–प्रत्यारोपले समस्या समाधान हुँदैन। आवश्यक समन्वयात्मक भूमिका तत्कालै सक्रिय नगर्ने हो भने यस्ता विवाद दोहोरिरहने खतरा रहने छ। त्यसैले दीर्घकालीन समाधानका लागि नियमित संवाद, सीमा स्पष्टता र राज्य–स्तरीय पहललाई प्राथमिकता दिन अपरिहार्य देखिन्छ।

सीमामा कुनैपनि विवाद चर्किँदा तत्काल समन्वय नगरी ढिलाइ गर्नु नै अहिलेको समस्याको मूल कारण हो। यसैले सुस्ताजस्ता संवेदनशील क्षेत्रमा स्थानीय आवेगभन्दा बढी राज्यको सक्रियता, संयम र द्विपक्षीय कूटनीतिक पहल जरुरी छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme