17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

डेङ्गु रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

- Advertisement -

बर्दघाट, २८ श्रावण २०८२ ।
बर्दघाट नगरपालिका–७ पश्चिम नवलपरासी अन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा आज “डेङ्गु रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रम बर्दघाट वडा नम्बर ७ जिमिरेभारकाे विभिन्न टोलमा गई घर–घरमा गएर सरसफाइको अवस्था निरीक्षण गर्दै, पानी जमेको ठाउँमा फोहर सफा गर्ने तथा जलेको मोबिल छर्ने कार्य गरिएको थियो । साथै, स्थानीय बासिन्दालाई सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको महिला स्वास्थ्य स्वयंसेविका माया रेग्मीले जानकारी दिनुभयो ।
यस कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, टोल विकास समिति, समाजसेवी तथा स्थानीय बुध्दिजिवि, प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले डेङ्गु रोगको लक्षण, कारण, रोकथामका उपाय र सरसफाइको महत्त्वबारे जानकारी प्राप्त गरेका थिए।
आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ७ की कार्यालय प्रमुख गायत्री पोखरेलले यस सरसफाइ कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सबै सहयोगी मनहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सामूहिक प्रयास र जनचेतनाले मात्र डेङ्गु रोगको जोखिमलाई न्यून गर्न सकिनेमा जोड दिनुभयो।


spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme