11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

नेपाल भूतपूर्व सशस्त्र प्रहरी संघ, नवलपरासी (बसुप)को पहिलो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

- Advertisement -

नवलपरासी — नेपाल भूतपूर्व सशस्त्र प्रहरी संघ, नवलपरासी (बसुप)को प्रथम अधिवेशन बर्दघाटस्थित सशस्त्र प्रहरी बल, नेपाल सिमा सुरक्षा तालिम शिक्षालयमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संघका नवलपरासी अध्यक्ष भूतपूर्व सशस्त्र प्रहरी उपरीक्षक कमान सिंह थापाले गरेका थिए भने संघका केन्द्रीय उपाध्यक्ष भूतपूर्व सशस्त्र प्रहरी नायब उपरीक्षक (न. स. प्र. उ.) सञ्जय भट्टराई विशेष अतिथि रहेका थिए।

यसै अवसरमा संघको लुम्बिनी प्रदेशका सल्लाहकार भु. पु. स. प्र. उ. कबिराज श्रेष्ठ, अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

अधिवेशनले भूतपूर्व सशस्त्र प्रहरी उपरीक्षक पञ्चराम चौधरीको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिमा बिक्रम कार्की उपाध्यक्ष, शिशिर तामाङ सचिव, हुमनाथ पौडेल सहसचिव चयन भएका छन्।

संघका सदस्यहरूले संगठनको सशक्तिकरण, भूतपूर्व प्रहरीहरूको हकहित संरक्षण तथा सामाजिक सेवामा योगदानको प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागिताले संगठनात्मक एकता, अनुभव आदान–प्रदान र भावी योजना निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ रहेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme