17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बर्दघाट नगरपालिकाद्वारा नगरगान सार्वजनिक

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट, १६ जेठ ।
बर्दघाट नगरपालिकाले आफ्नै नगर गान तयार गरी औपचारिक रुपमा सार्वजनिक गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत १ मिनेट १५ सेकेन्ड लामो अडियोसहितको नगर गान सार्वजनिक गरिएको हो ।
बर्दघाट नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा समावेश “नगर गीत निर्माण” योजनाअनुसार बर्दघाट प्रज्ञा प्रतिष्ठान मार्फत गीत तयार पारिएको हो ।
नगर गानमा बर्दघाट क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको विशेषता शब्दमार्फत समेटिएको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले अबदेखि नगरभित्र हुने सबै सार्वजनिक कार्यक्रम तथा विद्यालयहरूमा राष्ट्रगानपछि अनिवार्य रूपमा नगर गान बजाउने व्यवस्था गरिने जानकारी दिए ।
यस नगर गानको शब्द डिल्ली राज पाण्डेले लेखेका हुन् भने संगीत नरहरी प्रेमीले दिएका छन् ।
स्वरमा लोचन भट्टराई, नरहरी प्रेमी, आनन्द कार्की, जुनु रिजाल, राजीव शाह, अष्ट लामा, विमला परियार, अपेक्षा खनाल, श्रद्धा दियाली, सुरज गुप्ता, अनिल खनाल, कुमार थापा, जमुना राना, अस्मि रिसाल र खेम बि.क. लगायत कलाकारहरूको सहभागिता रहेको बताएको छ ।
नगर गानले बर्दघाट नगरको पहिचान, गौरव र सांस्कृतिक विविधतालाई उजागर गर्ने विश्वास गरिएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme