17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा मुस्लिम आयाेगकाे क्षमता विकास कार्यक्रम

- Advertisement -

नवलपरासी । मुस्लिम आयाेगकाे आयाेजनामा नवलपरासीमा मुस्लिम समुदायकाे आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएकाे छ ।

आयाेगका कार्यवाहक अध्यक्ष महम्मदिन अलीकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्लाका सहभागी मदरसाका प्रधानाध्यापक, मदरसाका अध्यक्ष, सामाजिक अभियन्ता तथा मुस्लिम धर्मगुरूहरूले गुनासाे, सुझाव तथा समस्याहरू प्रस्तुत गरेका थिए ।

मदरसा प्रवर्धन सामाजिक विकास केन्द्र नवलपरासीका अध्यक्ष हैदर अली माेमिनले मदरसा शिक्षाका समस्या सम्बोधन गर्नका लागि सरोकारवाला सहितको बिज्ञहरुको टोलीलाई प्रतिबेदन पेस गर्न लगाई पालिका र सम्बन्धित निकायसंग सारोकारवाला र मुस्लिम आयोगले अनुगमन गरी समस्या समाधानको लगि पहल गर्ने सुझाव पेश गर्नुभयाे ।

त्यस्तै, मदरसा, मस्जिद, क़ब्रिस्तान, करबला र मज़ारहरुको स्वामित्व मुस्लिम समुदायमा रहने गरी त्यस्को सुरक्षा, ब्यवस्थापन र सुसंचालनका लागि मुस्लिम आयोगले ठोस क़ानूनी ब्यावस्था मिलाउनु पर्ने कुरामा जोड़ दिनुभयाे।

हाजी अमिरुल्ला अंसारी गद्दिनसीन मदारबाबा महलवारीले मुस्लिम शिक्षाका लागि मुस्लिम विश्व विद्यालयकाे स्थापना गरिनु जरूरी रहेकाे कुरामा जाेड दिनुभयाे ।

NGO फेडेरेसन दाङकी सल्लाहकार तथा सिसा नेपालकी केन्द्रिय अध्यक्ष साजीदा सिद्धिकीले मुस्लिम शिक्षामा जाेड दिनुभएकाे थियाे ।

साजिदा सिद्दिकीः अध्यक्ष सिसा नेपाल

त्यस्तै, अन्तरकृयामा हज कमिटिका अध्यक्ष, मुस्लिम आयाेगका सदस्य मिर्जा अरसद वेग र माेहम्मद समशुल हक, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दीपक गूप्ता, पुर्व जिल्ला शिक्षा अधिकारी तथा सल्लाहकार हाजी अव्दुल रउफ खाँन, नेपाल मुस्लिम संघ नवलपरासीका अध्यक्ष अक्तर हुसेन खान, नेपाल मुस्लिम इत्तेहाद संगठन नवलपरासीका जिल्ला अध्यक्ष रियाज अन्सारी, सल्लाहकार तथा समाजसेवी बुद्धन अली, मदरमा मदिनतुल ओलुम माध्यमिक विधालय प्रतापपुर ६ हरपुरका प्रधानाध्यापक अमिर आजम लगायतले मुस्लिमकाे अवस्था सुधारका लागि सुझाव सल्लाह दिएका थिए ।

कार्यक्रममा २ सय जना भन्दा बढीकाे सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme