9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नयाँ कीर्तिमान, कामीरिता शेर्पा ३१औं पटक सगरमाथाको शिखरमा

- Advertisement -

काठमाण्डौ – प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ ।

योसँगै उहाँले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको छ । आज बिहान ४ बजेतिर उहाँले सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गर्नुभएको हो ।

सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाइ ।’

उहाँ २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा जानुभएको थियो ।

भोली सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाण्डौ फर्किने तालिका छ । अघिल्लो वर्ष उहाँले ३०औं पटक सगरमाथाको आरोहण गर्नुभएको थियो ।

सोलुखुम्बु थामेका कामीरिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुनुहुन्छ । कामीरिता ‘एभरेस्ट म्यान’ नामले पनि परिचित हुनुहुन्छ ।

२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीनयाममा सगरमाथा आरोहण गर्नुभएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme